‘र्‍यापिड टेस्ट’ मा पोजेटिभ देखिएपछि सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजना पाटन अस्पतालमा

हेल्थपोस्ट नेपाल

पेप्सीकाेलाकाे टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनजनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

एकै परिवारका उनीहरुको रिपोर्ट र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरु  चैत ५ मा बेलायतबाट फर्किएको बताइएको छ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट गरेका शंकारापुर अस्पतालमा कार्यरत डा. रमेश ढकालका अनुसार पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई अस्पताल पठाइएको हो।

‘र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा पोजेटिभ भएपछि, हामीले पाटन अस्पताल पठाएका छौं, डा. ढकालले भने, ‘अब उहाँहरुको थ्रोट स्वाव पीसीआरबाट परीक्षण गरिनेछ।’

डा. ढकालका अनुसार विदेशबाट आएका मानिसको र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट ३६ जनाको नमुना परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका मानिससँग बस्ने अन्य २ जनाको भोलि नमुना परीक्षण हुँदैछ । ३ हप्ताभन्दा बढी भइसकेको कारण इन्टीबडी देखिएको हुनुसक्ने डा. ढकालको भनाई छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *