कोरोना कोषमा हिमालय एयरलाइन्सले दियो १ करोड

हिमालय एयरलाइन्सले कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

उक्त रकमको चेक हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई दिएका हुन् ।

आइतबार एक कार्यक्रमकाबीच उक्त रकम दिइएको हो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सहसचिव सुरेश आचार्यलगायतको उपस्थिती थियो। यो विषम परिस्थीतिमा हिमालयन परिवार सरकारको साथ रहेको हिमालयका अध्यक्ष झोउ इन्योङले बताए ।

उनले भने ‘यो कोरोना भाइरसको युद्धमा सबैजना एकजुट भएर अन्तिम सयमसम्म लड्न आवश्यक छ।’

उपाध्यक्ष श्रेष्ठले पनि हिमालयले सरकारलाई सहयोग गर्न तत्पर रहेको बताए। नेपालचीन संयुक्त लगानीमा २०१४ मा स्थापित हिमालय  अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय