वीरगन्जबाट १८ जना आफन्तसहित ३४ जनासँग आएकी थिइन् कैलालीकी चौथो कोरोना संक्रमित

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ वैशाख १ गते २०:०७

सोमबार बिहानमात्रै कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएकी कैलाली लम्कीचुहा नगरपालिका–१ की ६० वर्षे महिला प्रदेश २ की थिइन्। उनी लकडाउनका बेला सरकारले उपलब्ध गराएको बसमा आएकी थिइन्।

उनीसँगै ३४ जना यात्रु १७ गते वीरगन्जबाट हिँडेका थिए। संक्रमित महिलासँगै सोही बसमा ३४ यात्रु थिए। जसमा १८ जना उनका आफन्त थिए।

बसमा सवार गर्नेमा संक्रमित महिलाका दुई नाती नातीना र श्रीमान थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो बसमा ५ जना सुर्खेत, १ जना दैलेख, १ जना दाङ र १ जना अर्घखाँचीका थिए भने २६ जना कैलालीकै वासिन्दा रहेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता दक्षकुमार बस्नेतका अनुसार कैलालीका २६ जना मध्य पनि १७ जना ती महिलाकै नातेदार, ४ जना लम्की वडा नम्बर ८ र ५ जना लम्कीसँगै जोडिएको बर्दगोरिया गाउँपालिका- ५ का नागरिक रहेका छन्।

ती महिला बिरगञ्ज बसपार्कमा चियापशल सञ्चालन गर्दै आएकि थिइन्। कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेपपिछ उनि घर फर्केकी हुन्।

१८ गते लम्की पुगेकी ती महिला घरमा झोला राखेर क्वारेण्टाईनमा बसेकी थिइन्। प्रदेश सरकारले उनको र्‍यापिड टेष्ट गरी नेगेटिभ नतिजा आएको जानकारी गराएसंगै उनी चैत २९ घर फर्केकी थिइन्। पछि उनको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय