तीन भारतीयमा कोरोना देखिएपछि छपकैया क्षेत्र शिल, शंकास्पद व्यक्तिको खोजी हुँदै

आरोहण शाह/वीरगञ्ज
प्रकाशित
२०७७ वैशाख १ गते १९:३८

बीरगञ्ज महानगरपालिका– २ छपकैयामा तीन जना भारतीय नागरिकलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि छपकैया शिल गरिएको छ। नारायणी अस्पतालमा तीनैजना भारतीय जमातीहरूको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ।

३ जना भारतीय नागरिकमा कोरोना भाइरस देखा परेपछि नारायणी अस्पतालको आकस्मिक ओपिडि बाहेक सबै सेवा बन्द गरिएको अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए। आइतबार बसेको विशेष सुरक्षा समिति बैठकले बीरगन्ज छपकैया शिल गरि शंङकपद ब्यक्तिहरूको खोजी कार्य गरिरहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी ललित कुमार वस्नेत जानकारी दिए।

प्रहरीले मुस्लिम धर्म प्रचारक २६ जनालाई पक्राउ गरि क्यारेन्टाइनमा राखिएको छ। अस्पतालमा तीन जना कोरोना संक्रमितको उपचार हुन थालेपछि नारायणी अस्पताल ब्यवस्थापन पक्षले अस्पतालका चिकित्सक तथा नर्सहरूका लागि छुट्टै क्यारेन्टाइन भवनको ब्यवस्था गरेको छ।

मेसु उपाध्यायले अहिले पोजेटिभ केस देखापरेपछि आफूहरूले उच्च सतर्कता कसरी अपनाउने भन्ने बिषयमा रणनीति बनाएर अघि बढिरहेको बताए। उनले कोरोना भाइरस संक्रमितको उपचारका लािग ९ जना विशेषज्ञ चिकित्सकहरूलाई तीन समुहमा बिभाजन गरेर परिचालन गरिएको बताए।

अहिले नेपाल चिकित्सक संघ नारायणी शाखाका महासचिव एवम् नारायणी अस्पताल कोरोना विभागका प्रमुख डा. उदयनारायण सिंहसहितको ९ जना टोली उपचारमा खटिएको छ। टोलीमा डाक्टरहरू विरेन्दबहादुर प्रभान, मनोज गुत्ता, अरुणकुमार कर्ण, नीरज कुमार सिह, आरके सिह, राकेश तिवारी, जेपी जैसवाल, दीपक कुशवाहा र ६ जना मेडिकल अधिकृतसहित टोली उपचारमा खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय