रौतहटका १९ वर्षीय युवकलाई पनि देखियो कोरोना, संक्रमित संख्या १४ पुग्यो

रौतहटका १९ वर्षिया युवकलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जानस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमणको परीक्षण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यसैगरी, कैलालीमा थप एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ५ सय १९ जनाको नमूना परीक्षण भएको छ । कोरोनाको आशंकामा नेपालमा हालसम्म ५ हजार ६ सय ९१ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ९ र बाहिर ९४ गरी जम्मा १ सय ३ जना आइसोलेसन वार्डमा भर्ना भई उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । मुलुकभर हाल ७ हजार १ सय ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।  दुई सय १९ सय जना रेड जोनमा रहेको डा. देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय