प्रदेश ५को राहत कोषमा अर्घाखाँची सिमेन्टको ५१ लाख सहयोग

अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका सञ्चालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई नगद र चेक हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरणका क्रममा कम्पनीका महामाप्रवन्धनक उद्धव कार्कीले समुदायको हितप्रति कम्पनी सधैं चिन्तित रहेको र सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम जनताको स्वास्थ्यहितका लागि सहयोग गरिएको बताए।

उनका अनुसार यसका अलावा कम्पनीले सियारी गाउँपालिकालाई जनतालाई राहत कार्यक्रमका लागि २ लाख रुपैंयाँ सहयोग गरेको छ।
कम्पनीले उपलब्ध गराएको सो रकम गाउँपालिकाद्वारा आर्थिक संकटमा परेका घरपरिवारको खाद्यान्नको लागि खर्च हुनेछ ।

यसका साथसाथै, अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालिका – तिनाउँ गाउँपालिका र मचागढी गाउँपालिकाका बिपन्न बर्गका घरपरिवारका लागि कम्पनीले करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय