लकडाउन मीमांसा : ‘बोलीबहादुर’ को राजमा कोरोना हस्तक्षेप

तपाईंलाई कति मजाले बोल्न आउँछ। बोल्दाबोल्दै के बोलिरहेका हुँला भनेर दिक्क लाग्छ कि लाग्दैन? आफ्नो बोलीको औचित्यबारे कहिलेकाहीँ समीक्षा गर्नहुन्छ?

म यहाँ तपाईंलाई कम बोल्नोस् भनेर उपदेश दिन खोजिरहेको छैन। नबोली संसार चल्दैन, सिन्को भाँचिदैन। तर, बोलीको मतलब र जिम्मेवारीबारे मनन गर्दा चाहिँ निधार टन्कने गरी नेताहरूको झल्को आउँछ, किन होला कुन्नी?

के नेता बोल्ने मेसिन हुन्? अर्थात् नेताको बोली एउटा निर्र्जीव उत्पादन हो? बोली सजीव हुनका लागि त्यससँग जोडिने जिम्मेवारी जीवित रहनुपर्छ, होइन र?

बोल्नु वा गफिनु एउटा औजारमात्र हो। जसले सामूहिक मनोविज्ञानलाई प्रभाव पार्न सक्यो भने कुनै प्रयासका लागि धेरै सामथ्र्यको जोहो गर्न सक्छ। खुला फाँटमा दुइटा रुख अगाडि एक्लै बडबडाएर वाककला अभ्यास गर्ने हिटलर बोलेरै विध्वंश मच्चाउने अहिलेसम्मकै सबैभन्दा खतरनाक उदाहरण हुन्।

हिटलरबराबरका बोलीबहादुर हरेक समाजका कुनै न कुनै तप्कामा हुन्छन्। तर, ती चियापसल, चौतारा, कफीसप वा त्यस्तै कुनै सार्वजनिक माहौलमा भुलिरहेका हुन्छन्। अर्थात्, गाउँसहरका मौखिक कथाकारमै सीमित हुन्छन्। शायद, ती बोलीलाई कुनै ठूलो उद्देश्यसँग जोड्न अविरल संघर्ष गर्न सक्दैनन् वा पाउँदैनन्।

बोलीबहादुरले गरिखाएको त नेपालमा जति कहाँ होला र? झापा काण्डमा जन्मेका ओली, मशाल काण्डबाट प्रकट भएका प्रचण्ड कुनै बेला बोलेरै ‘कुँडेमा जुधिरहेका विराला’ झैं झगडा गर्थे। अहिले फेरि बोलेरै वाम आन्दोलनलाई मिलाए झैं गर्न भ्याइरहेका छन्।

इतिहासकै सबैभन्दा बलियो सरकार चलाइरहेका ओली एवं १७ हजारको ज्यान गएको जनयुद्धका रचयिता प्रचण्डलाई बोलीकै तिकडमले आफ्नो बाँकी जीवन, राजनीतिक भविष्य र आफ्नाहरूको सुरक्षण सम्भव छ भन्ने पर्दै आएको हो।

प्रधानमन्त्री केपी ओली हरेक चोटिको ओछ्यानबासपछि तङ्गिँदा कम्तिमा दुई घन्टा बोलेको बोल्यै गर्न सक्छन्। सुत्यासुत्यै सम्बोधन गर्न भ्याउँछन्। प्रचण्ड विषय प्रसंगअनुसार मच्चेर बोल्दाबोल्दै हो कि भन्ने पार्न सक्छन्। दुवैको वक्तृत्व अद्भूत छ। जनता ओलीको समाजवाद र प्रचण्डको साम्यवादमा त्यही बोलिरहनाले नै आश्वस्त भएका हुन् कि?

इतिहासकै सबैभन्दा बलियो सरकार चलाइरहेका ओली एवं १७ हजारको ज्यान गएको जनयुद्धका रचयिता प्रचण्डलाई बोलीकै तिकडमले आफ्नो बाँकी जीवन, राजनीतिक भविष्य र आफ्नाहरूको सुरक्षण सम्भव छ भन्ने पर्दै आएको हो। उनीहरूबाट जे रसाउँछ त्यही सेवन गरिरहेकामा पनि त्यही बोलीको तालिम छ।

******

नेताहरूले बोलेरै खाने भए, जनताका सपना तिनका बोली सुन्दासुन्दै तुहिने भए भन्ने ठनाईमा आममानिस करिब पक्का भइसकेको अवस्थामा कोरोना नामक अदृश्य उल्कापिण्ड खसेको छ। ठ्याक्कै तिनको शीरमा जो बोलेरै समाजलाई जोकर बनाउने ध्याउनमा थिए, छन्।

अहिले संसारका वहुधा मानिस सरकारलाई पत्यार गर्ने अवस्थामा छैनन्। आधुनिक राज्य व्यवस्थाका धेरैजसो प्रवृत्तिप्रतिको विश्वास तोड्ने काम नाथे एउटा कोष पनि नभएको निर्जीव भाइरसले जो गरिसक्यो।

कोरोना भाइरसबारे सामान्य ज्ञान राख्ने सबैजसो अहिले घरभित्रै बसिरहेका छन्। किनकि घरबाहिर कोरोना छ, तर सरकार छैन। अथवा, कोरोनाले सरकार चिनिरहेको छैन, प्रधानमन्त्री–मन्त्री चिन्दैन, सांसद चिन्दैन।

कोरोनाका अगाडि विश्वव्यवस्था उल्टाउँछु भन्ने डोनाल्ड ट्रम्प जोकर भइरहेका छन्, चिनफिङको व्यापार साम्राज्य लडखडाइरहेको छ, मोदीको धर्मराज्यको सपना पानीको फोका बन्ने खतरा बढेको छ। अनि नेपालमा चाहिँ ओलीको बोली बन्द होला कि जस्तो भएको छ। अर्थात् बोलीबहादुरहरूको सबैभन्दा विजोग नेपालमा देख्न पाइने सम्भावना देखिएको छ।

माइक्रोसफ्टका मालिक बिल गेट्स केही दिनअघि भन्दै थिए– ‘मानवजातिले ठूलो नोक्सानी त सहनुपर्छ तर म चाहिँ निकै सकारात्मक छु। अहिले कम्तिमा माता प्रकृतिलाई न्याय भइरहेको छ। हरेक क्षेत्रमा नयाँ सुरुवातका लागि मौका आउन सक्छ।’

ओलीले आराम शैय्यामा ऐया–ऐया पनि भन्न पाएका छैनन्। उनी आफ्नो समूहको स्वार्थ रक्षाका लागि जनतासामु एकपछि अर्को झुट बोल्न र पार्टीभित्रका वरिष्ठ आलोचकहरूको मुख थुन्न वाणीशक्तिको झन्–झन् दुरुपयोग गर्न बाध्य छन्।

बोलेरै ढाक्नुपर्ने व्याधिबाहेक कोरोना महामारीमा ओली र प्रचण्डले के कस्तो सकरात्मकता देखेका छन्? अर्थात् बोल्ने शैली (जे जस्तो होस्) सबैभन्दा बढी क्यारिकेचर गरिएका शेरबहादुरको के छ यसमा?

ओलीले आराम शैय्यामा ऐया–ऐया पनि भन्न पाएका छैनन्। उनी आफ्नो समूहको स्वार्थ रक्षाका लागि जनतासामु एकपछि अर्को झुट बोल्न र पार्टीभित्रका वरिष्ठ आलोचकहरूको मुख थुन्न वाणीशक्तिको झन्–झन् दुरुपयोग गर्न बाध्य छन्।

प्रचण्ड कता–कता के–केमा मात्र बोलेर आफ्नो दुनो सोझ्याउने हो भन्ने हतासमा छन्। देउवा कहाँ बोल्दा के–के चिप्लने हो भन्ने संशयले मात्र धेरै नबोलेका हुन्। यतिबेला म भइदिएको भए के–के गरिसक्थेँ भनेर चाहिँ मनमनै धेरै बोलिरहेका होलान्। बोल्ने ढंग र बुद्धि नभएकाले मुख पोलेको घटना उनका एक भक्त नेतालाई जो परिसक्यो। माधव नेपाललाई ललिता निवास प्रकरणदेखि रुद्रघन्टीमा समस्या आएको हल्लाबारे स्वतन्त्र अनुसन्धान हुन सकेको छैन।

हाम्रा नेताहरू अति–बोलीको सामथ्र्य वा असमर्थतामा मात्रै अल्झिरहेका छन्। गफैले राजनीतिक धन्दो चलाउन सक्नु–नसक्नुलाई मात्रै उनीहरूले सफलता–असफलताका रूपमा हेरेका छन्।

नेपाली नेताका निर्विवाद गुरु भारतीय नेताहरू हुन्, जसको हालत पनि समान छ। त्यसैले भारतमा जति–जति लकडाउन लम्बिँदै जान्छ, नेपालमा त्यसै–त्यसै त्यति नै बढाउँदै जानेबाहेक उपाय देखिँदैन। बोल्नेमा चाहिँ बेलाबेला नेपाली नेताले भारतीयलाई समेत जितिसकेको हो कि भन्ने पार्छन्।

मोदी आफ्ना भोट ब्यांकलाई छुने कुरामा मात्र बोल्छन्, अरूलाई धरपकडले तह लाउँछन्। ओली चाहिँ राता–हरिया अनलाइनका प्रकाशक सम्पादकलाई समेत दुत्कार्न छाड्दैनन्, विष्णु–गोकुल–ईश्वर–भानुभक्त–ओम्नीको निरन्तर बचाउमा चाहिँ अखण्ड श्तोत्र पाठ गर्छन्।

माफ गर्नुहोला, नेताका बोलीबारे लेख्नुपर्दा अलिकता बहकिनु प¥यो। धेरै पत्रकारका हकमा नेताबारे लेखिहाल्न निकै घोरिनुपर्छ, लेख्दै मेट्दै गर्नुपर्छ। धेरैले त छापिसकेको हटाउँछन् पनि। नहटाए जागिरसमेत जान्छ। तर, नेताको पोल्टामा पर्न नचाहनेका लागि बोलीको रफ्तारअनुसारकै लेखाइको जवाफ लगाउने सहुलियत बढेको छ। कोरोनाले त्यति गुन चाहिँ लगाएको हो कि?

यहाँ बिल गेट्सको सकरात्मकतालाई फेरि तानौं।

फेरि पनि गफै दिएर, माथिदेखि तलसम्म गफै सिकाएर त्यो अवसर सिद्ध हुँदैन। ७० करोडको प्रष्ट मोलमोलाइका कारण पदबाट हटेका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको रुद्रघन्टी फेरि खुल्न थालेको छ। उनलाई कुन बेला कसरी न्याय दिलाउँ भन्ने हतार प्रधानमन्त्री ओलीलाई छ।

बोलीबाज ओली सरकारको सञ्चारमाध्यमलाई ठेगान लगाउँछु भन्ने दुस्साहसमाथि साबुनपानीको झोल हाल्ने काम गरेकै हो कोरोना महामारीले।

सञ्चारमाध्यमले ओम्नी प्रकरणलाई उठायो, सरकारको बदनियतपूर्ण जिद्दी चलेन, ठेक्का बदर गर्नैपर्ने भयो। जनस्वास्थ्यमाथिको यत्रो विपत्तिमा समेत भ्रष्टाचार गर्ने भनेर जनताले सत्तोसराप गरेपछि सरकार सेनाको शरण पर्‍यो। सेनाले सामान किनेर पार लाग्ने संकट होइन यो, पक्कै। हेरौं त, अब काम गर्न खोजेर पनि त्यसको स्वाभाविक जस दाबी गर्न नसक्ने संकटमा परेको छ सरकार।

हरेक संकटसँग अवसर आउँछ। सर्वथा असफलताको यो चंगुलमा पनि ओली सरकारसामु एउटा अवसर तेर्सिएको छ। तर, त्यो चिन्ने कसले? यो संकटमा खरो उत्रन कुनै इन्कलाबको अलापले काम दिँदैन।

फेरि पनि गफै दिएर, माथिदेखि तलसम्म गफै सिकाएर त्यो अवसर सिद्ध हुँदैन। ७० करोडको प्रष्ट मोलमोलाइका कारण पदबाट हटेका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको रुद्रघन्टी फेरि खुल्न थालेको छ। उनलाई कुन बेला कसरी न्याय दिलाउँ भन्ने हतार प्रधानमन्त्री ओलीलाई छ।

कोरोना महामारीलाई राज्यको सशक्त हस्तक्षेपबाट ठाउँमा ल्याउने सम्भावना जीवित नभएको होइन। तर, त्यो गर्न आवश्यक नैतिक शक्ति सबैभन्दा पहिला कोरोना रोकथाम–उपचार सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कानुनी कारबाही नगरिकन कहाँबाट जुट्छ? हरेक प्रक्रियाको बैधता निरुपणबाट मात्रै न राज्यको जवाफदेहिता जँचिने हो।

बोलेर मात्रै हुन्न क्या!

One thought on “लकडाउन मीमांसा : ‘बोलीबहादुर’ को राजमा कोरोना हस्तक्षेप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय