घाँस काट्ने बहानामा नाका छिर्ने दाउ!

भारतमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि नेपालमा पनि सन्त्रास बढेको छ। दुई देशबीचको खुला सीमाका कारण दक्षिणतर्फबाट मानिसहरू प्रवेश गर्न सक्ने आशंकाले कोरोनाको त्रास बढेको हो।

प्रदेश २ भित्र कोरोना संक्रमण फैलिन नदिन सीमालाई कडाइ गर्नुको विकल्प देखिएको छैन्। छिमेकी भारतमा निरन्तर कोरोना संक्रमितको संख्या बढेपछि सीमा नाकालाई कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

दुई देशबीचको खुला सीमाका कारण प्रदेश २ लाई कोरोनाको उच्च जोखिम क्षेत्रको रुपमा समेत हेरिएको छ। प्रदेश का आठै जिल्ला भारत बिहारको सीमासँग जुडेको छ।

‘लकडाउन’ लागु हुनुअगाबै मुख्य नाकाबाहेक बन्द गरिएका अन्य सबै नाकाहरू अहिले पूर्ण रुपले ठप्प छ। मुख्य नाकामा मात्र नभएर दक्षिणतर्फबाट मानिस प्रवेश गर्न सक्ने सम्भावित सबै स्थानहरूमा अहिले सशस्त्र प्रहरी परिचालन गरिएको छ।

लुकिछिपी नाका कट्ने गतिविधि नियन्त्रण गर्न एकदेखि दुई किलोमिटरको दूरीमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। मुख्य नाकासहित चोर बाटोहरूमा समेत २४ औं घण्टा सशस्त्र प्रहरी खटिएका छन्। तर, खुला सीमा र जनशक्ति अभावले लुकिछिपी नाका कटेर दक्षिणतर्फबाट आउने सम्भावना अझै देखिएको छ।

‘सीमा पारी एकजना घास काट्दै गरेको हामी सबैले हेरेका थियौं, हाम्रो ड्युटी बदली हुने समय भइसकेको थियो,’ धनुषाको विर्ता नाकामा खटिएका एकजना सशस्त्र प्रहरीले भने,‘मौका छोपेर उ यता आइदिए छ। तर, हामीले हेरिहाल्यौं, सम्झाइ बुझाइ फेरी उतै पठाइ दियौं।’

‘सीमा पारी एकजना घास काट्दै गरेको हामी सबैले हेरेका थियौं, हाम्रो ड्युटी बदली हुने समय भइसकेको थियो,’ धनुषाको विर्ता नाकामा खटिएका एकजना सशस्त्र प्रहरीले भने,‘मौका छोपेर उ यता आइदिए छ। तर, हामीले हेरिहाल्यौं, सम्झाइ बुझाइ फेरी उतै पठाइ दियौं।’

खुला सीमाको फाइदा उठाउँदै कोही घास काट्ने बहानामा कोही भैंसी चराउने बहानामा नाका कट्ने दाउमा देखिएको ती सशस्त्र प्रहरीको भनाइ थियो। आफूहरू निरन्तर नाकामा खटेर लुकिछिपी हुने प्रवेश रोक्न हरसम्भव प्रयास गरिरहेको उनको भनाइ थियो।

दक्षिणतर्फबाट प्रवेश रोक्न सशस्त्र प्रहरीले विभिन्न प्वान्ट तोकेको छ। ढेढदेखि दुई किलोमिटरको अन्तरालमा तोकिएको सबै प्वाइन्टहरूमा दुईजना सशस्त्र प्रहरी परिचालन गरिएको छ। जनशक्ति थपिए त्यो दूरीलाई अझै घटाउन सकिने नाकामा धनुषाकै राघोपुर नाकामा जमुनी नदी नजिक खटिएका एक सशस्त्र प्रहरीले बताए।

‘हामीले नाकामा कडाइ गरेका छौं, आफूहरू यता खटिसकेपछि भारततर्फबाट कोहिपनि छिरेको छैन्,’ उनले भने,‘जनशक्ति थपिए, नाकालाई थप कडा गर्न सकिन्छ।’

सीमा पारी भारतीय सीमा सुरक्षा बल (एसएसबी) पनि खटाइएको छ। चोर नाकाबाट हुनसक्ने प्रवेश रोक्न एसएसबीका जवानहरू खटेका हुन्। तर, सशस्त्र प्रहरी जस्तो उनीहरू नाकामा हरसमय बस्दैनन्। उनीहरू बेलाबखत पेट्रोलिङमात्र गर्ने गरेका छन्।

वीरगंजमा तीनजना कोरोना संक्रमित फेला परेपछि आमनागरिक थप त्रसित बनेका छन्। कोरोना संक्रमित भेटिएको प्रदेश २ को यो पहिलो घटना हो।

कोरोना संक्रमणको त्रास फैलिएपछि नाकामा कडाइ भएको स्थानीयहरू पनि बताउँछन्। यसअघि चोरबाटोबाट मानिसहरू आवतजावत गरेपनि पछिल्लो केहीदिनयता पूर्ण रुपमा बन्द भएको उनीहरूको भनाइ छ।

प्रदेशभित्र कोरोना संक्रमण फैलिन नदिन सीमानाका कडाइ गर्नु अहिले मुख्य काम रहेको सामाजिका विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा.नवलकिशोर झा बताउँछन्।

‘विदेशबाट आएकाहरूको करिब करिब पहिचान भइसकेको छ, उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ,’ झा भन्छन,‘अब हाम्रो डर भनेको नाकाबाट हुनसक्ने प्रवेशमात्र हो।’ नाकालाई कडा गरेर प्रवेश रोक्न सकिए प्रदेशभित्र कोरोना संक्रमण फैलिने सम्भावनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

वीरगंजमा तीनजना कोरोना संक्रमित फेला परेपछि आमनागरिक थप त्रसित बनेका छन्। कोरोना संक्रमित भेटिएको प्रदेश २ को यो पहिलो घटना हो।

यद्यपि कोरोना संक्रमित पुष्टि भएका तीनैजना भारतीय नागरिक हुन्। सप्तरीको बोदेबरसाइनमा फागुन महिनामा भएको मुस्लिमहरूको धार्मिक सभामा सहभागी भएर उनीहरू वीरगंज पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय