कैलालीकी ६० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि

कैलालीमा थप एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिला वीरगन्जमा व्यापारका लागि गएकी थिइन्। लकडाउनपछि उनीहरु कैलाली फर्किएका थिए।

उनको र्‍यापिड टेष्टमा कोरोना नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको डाक्टर तिमिल्सिनाले बताए।

उनले अहिले कोरोना संक्रमित महिलालाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाइएको जानकारी दिए। तर, सेती अस्पतालका इमरजेन्सी प्रमुख जगदिस जोशीले भने आफूहरूलाई यसबारेमा कुनै जानकारी नभएको बताएका छन्।
यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय