सनराइज बैंकद्वारा पिपिई सहयाेग 

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख १ गते १०:१३

सनराइज बैंकको प्रदेश ५ प्रादेशिक कार्यालयले व्यक्तिगत सुरक्षात्मक उपकरण  प्रदेश सरकारलाई सहयाेग गरेकाे छ। प्रदेश कार्यालयले प्रदेशका मुख्यमन्त्री श‌ंकर पाेख्रेललाई २५ थान पिपिई हस्तान्तरण गरेकाे हाे।

त्यस्तै बैंककाे प्रदेश १ कार्लालयले  बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थानलाई पनि पिपिई सहयाेग गरेकाे छ। संस्थानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विबेक निरौलाले ३३ थान पिपिई हस्तान्तरण गरेका थिए।

प्रादेशिक कार्यालयका प्रमुख निरौलाले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५०० भन्दा बढी पिपिई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय