‘लकडाउन’ मा भीडभाड  नगर्न सम्झाइरहेका प्रहरीमाथि आक्रमण

जनकपुरमा एकजना प्रहरी हवल्दारमाथि आक्रमण भएको छ। ‘लकडाउन’ मा भीडभाड नगर्न भन्दै सम्झाइबुझाइ गरिरहेको अवस्थामा हवल्दार लालबाबु साहमाथि आक्रमण भएको हो।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामजानकी आँखा अस्पताल नजिक सडकमा भीडभाड देखेपछि हवल्दार साह ‘लकडाउन’ मा घरभित्रै बस्न भनेपछि स्थानीय २८ वर्षीय अमितकुमार सिंह र २३ वर्षीय सुमितकुमार सिंहले हवल्दार साहको टाउको ढुंगाले प्रहार गरेका थिए। सिंहद्वय दाइभाइ हुन् ।

साहमाथि आक्रमण गर्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैजनाविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

हवल्दार साहले सडकमा हिँडडुल नगर्न सम्झाइरहेको अवस्थामा सिंहद्वयले हातपाथका सडकमा रहेको ढुंगाले टाउकोमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

हवल्दार साहको टाउकोमा ६ वटा टाँका लगाउनु परेको उनले बताए । सिंहद्वयको आक्रमणमा परी घाइते भएको साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय