अनलाइनमार्फत् घरमा बसेर चिकित्सकीय सेवा

नेपालमा स्वास्थ्य सेवाग्राही र चिकित्सकबीच अनलाइन प्रविधिद्वारा चिकित्सकीय सेवा प्रवाह गर्न डक्टरर्स अन कल नेपाल र इएसआर टेक्नोलोजीले डकनेपाल डटकम अनलाइन प्लेटफर्म निर्माण गर्ने भएको छ ।

अनलाइन एप्लिकेसन कोरोना भाइरससँग जुध्न नेपालममा जारी लकडाउनको समयमा उत्पन्न हुन सक्ने कुनै पनि चिकित्सकीय समस्या समाधानका लागि भिडियोमार्फत् स्वास्थ्य सेवाग्राहीलाई सेवा दिने उद्देश्य लिई निर्माण गरिएको डक्टरर्स अन कल नेपालका प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले जानकारी दिए ।

सम्भवत यस्तो प्रकारको एप्लिकेशन नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको र यो आपतकालिन अवस्थामा चिकित्सकीय सेवाप्रवाह गर्नका लागि अत्यन्तै महत्वपूर्ण हुने डक्टरर्स अन कल नेपाले जनाएको छ ।  भिडियो प्रबिधि मार्फत तोकिएको समयमा स्वास्थ्य सेवाग्राहीलाई चिकित्सकहरुको परामर्श सेवा, विरामीहरुलाई आवश्यक पर्ने चिकित्सकीय आवश्यकता र अनलाइन मार्फत नै अत्यावश्यक औषधीहको सिफारिस समेत उपलब्ध गराउने छ ।

सम्पूर्ण सर्वसाधारण नागरिकहले कोरोना संक्रमणका कुनै पनि प्रारम्भिक लक्षणहरुको शंका लागेको अवस्थामा अथवा अत्याधिक ज्वरो आएको, लहरे खोकी लागेको, थकाईको महशुस भएको अथवा श्वासप्रश्वासमा कठिनाई उत्पन्न भएको अवस्थामा चिकित्सकहरुको परामश लिन सक्नेछन् ।

यस्तो प्रकारको सेवा प्रवाह गर्नका लागि हामी ले डक्टरर्स अन कल नेपाल (काठमाडौं उपत्यकामा आधारित घरमै स्वास्थ्य सेवा प्रवाहकर्ता) र इएसआर (प्रबिधि तथा सफ्टवेयर कम्पर्नी) तथा आर्थिक तथा प्राविधिक रुपमा नेपाल चिकित्सक संघ रहेको डा. न्यौपाने ले जनाकारी दिए ।

स्वास्थ्य सेवा ग्राहीले ईमेल वा फोन नम्बरको माध्यमबाट यो सेवा प्रयोग गर्नको लागि सिस्टममा आबद्धता हुनु आवश्यक छ । त्यसका लागि हामीले एक पटक बिरामीले रजिष्टर गरेमा उनले डाक्टरको नाम र विशेषज्ञता तोकिएको समयावधिमा देख्न सक्नेछन् ।

यसरी आवश्यक प्रक्रियाहरु पुरा गरेपश्चात भिडियो कल सुरू गर्नु अघि बिरामीको बारेमा आधारभूत जानकारी लिइने छ । भिडियो कलमाविरामी र चिकित्सकको कुराकानी पश्चात स्वास्थ्य समस्या र अन्य आवश्यक प्रक्रियाहरुका लागिस्वास्थ्य सेवाग्राहीलाई चिकित्सकबाट कुराकानीमा आधारित प्रिस्क्रिप्शन र आवश्यक सुझाबहरु ईमेलवा म्यासेजमार्फत प्राप्त गर्नेछन् ।

यस सेवामा आवद्ध हुन चाहानुहुने चिकित्सकहरुले यस एप्लिेकेशनमा गई साइन अपद्धारा आवद्धता जनाउन सक्नेछन् । सेवा प्रदान गर्न कुनै पनि डाक्टरहरूलाई अनुमोदनगर्नु अघि उनीहरूको मेडिकल प्रमाणपत्रहरू प्रमाणित गरिनेछ । एकचोटि प्रमाणिकरण पूरा भएपछि डाक्टरहरूलाई यस प्रणालीमा सूचीबद्ध गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय