स्टार अस्पतालले सुरु गर्‍यो टेली कन्सल्टेसन सेवा, प्रयोगशालामा जाँच्न परे घरमै नमुना संकलन गर्न आउने

कोरोना कहरका समयमा सहज स्वास्थ्य सेवाका लागि ललितपुरको स्टार अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर) सँग एकीकृतगरी अनलाइनबाटै परामर्श (टेलिकन्सल्टेसन) सेवा सुरु गरेको छ ।  कोरोना महामारीपछि लकडाउन सुरु भएसँगै हिँडडुल र यातायात सेवासमेत असहज भएको अवस्थामा घरमै बसेर चिकित्सकीय परामर्शलगायत अन्य सेवाका लागि टेलिकन्सल्टेसन सुरु गरेको हो ।

टेलिकन्सल्टेसनमा अस्पतालको वेबसाइट www.starhospital.com.np  मार्फत् चिकित्सकसँग समय लिएर परामर्श गर्ने, रिपोर्ट देखाउँने र प्रेसक्रिप्सन लिन सकिन्छ । त्यसका लागि सुरुमा अस्पतालमा फोन गरेर रजिष्ट्रेसन गर्नुपर्छ ।
अस्पतालले वेइभसाइडमार्फत् कोभिड १९को जोखिमको स्वमुल्यांकन सेवासमेत सुरुवात गरेको छ । चिकित्सकीय परामर्शपछि प्रयोगशालाजन्य जाँचका लागि घरमैमा गएर (रनरमार्फत) नमूना संकलनको सेवासमेत सुरु गरिएको अस्पतालले जनाएको छ ।  कोभिड-१९को जोखिम देखिएको अवस्थामा चिकित्सकसँग परामर्श लिने र थप उपचार वा जाँचमा पठाउँन सकिन्छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, अस्पतालका अध्यक्ष किशोर महर्जनलगायतले टेलिकन्फरेन्समार्फत् यो सेवाको आइतबार विहान औपचारिक सुरुवात गरे । स्वास्थ्य उपचार परामर्शका लागि टेलिमेडिसिन सेवा नेपालमा लामो समयदेखि सुरु भएपनि अस्पतालको रेकर्ड प्रणाली इएमआर एकीकृत गरेर सेवा सुरु गर्ने स्टार पहिलो अस्पताल हो ।सेवा लिन सुरुमा अस्पतालको टेलिफोनमा सम्पर्क गरेर अनलाइनमा रेकर्ड गरिदिने र प्राप्त पासवर्ड र कन्फरमेसनका आधारमा वेइभसाइडमार्फत् आफै समय बुक गर्ने र अन्य सम्बन्धित रिपोर्टसमेत हेर्न सकिन्छ ।

यसअघि पाटन, धुलिखेल, मोडललगायतका अस्पतालले एनरेनबाट उपलब्ध टेलिमेडिसिन सेवा दिँदै आएका छन् । तर, ती सेवा इएमआरसँग एकीकृत नहुँदा अस्पताल जानुपर्ने अवस्थामा पुरानो रकेर्ड नपाइने समस्या हुन्थ्र्यो ।
इएमआरसँग एकीकृत हुँदा अस्पताल उपस्थित भएरै सेवा लिँदाजस्तो अस्पतालका तथ्यांक प्रणालीमा विरामीका विवरण सुरक्षित हुनुका साथै चिकित्सकले गरेका परीक्षण, औषधि सिफारिससमेत सिधै सम्बन्धित विभागबाट हेर्न सकिन्छ । बिरामीका तथ्यांक सुरक्षाका लागि अस्पतालले सेवा प्रयोगका लागि अस्पतालको फोनमा सम्पर्क गरेर लगइन गराएपछि प्राप्त पासवार्डमार्फत् भेरिफाइ गरेपछि विभागअनुसारका विशेषज्ञसँग अनलाइन परामर्शका लागि समय लिन सक्छन् ।

चिकित्सकसँग परामर्शपछि प्रयोगशाला परीक्षण चाहिएमा नमूना संकलनका लागि पनि प्राविधिकहरु घरैमा आउँछन्। प्रयोगशालाका रिपोर्ट बिरामी आफैले हेर्नसक्ने र सो आधारमा पछि पुनः समय लिएर चिकित्सकसँग परामर्शसमेत गर्न सकिन्छ ।

चिकित्सकसँग परामर्शपछि प्रयोगशाला परीक्षण चाहिएमा नमूना संकलनका लागि पनि प्राविधिकहरु घरैमा आउँछन्।। प्रयोगशालाका रिपोर्ट बिरामी आफैले हेर्नसक्ने र सो आधारमा पछि पुनः समय लिएर चिकित्सकसँग परामर्शसमेत गर्न सकिन्छ । अस्पतालले दीर्घकालिन रुपमा नै इप्रिजेन्स बढाउँनका लागि व्यवस्थित टेलिमेडिसिन तयारी गरिरहेको अवस्थामा कोभिडको कहर सुरु भएपछि सेवा सुरुवात गर्न गति दिएको थियो । ‘अहिले झन् यसको आवश्यकता बढी देखियो, हामीले द्रुत रुपमा आइतबारबाटै सेवा सुरु गरिसेका छौ’ अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले भने ।

डा. रुपाखेतीका अनुसार अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा जुम एपमा आधारित र अनलाइनमार्फत् नै भुक्तानी गर्न सकिन्छ । एकपटकको परामर्श शुल्क २ सय तोकिएको अस्पतालले जनाएको छ ।
इकन्फरेन्समार्फत् सेवा सुरुवात गर्ने मिटिङलाई संवोधन गर्दै काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले नेपालमा इसेवाको महत्व भएपनि प्रभावकारी रुपमा विकास हुननसकेको सन्दर्भमा कोभिड १९ को महामारीले गर्दा अहिले अझै औचित्यपूर्ण भएको बताए।

डा. कोइरालाले टेलिमेडिसिनलाई व्यवस्थित गर्नेगरि कुनै ऐन, नियम नरहेको सन्दर्भमा यो सेवालाई व्याबहारिक रुपमा मात्रै लिनुपर्ने बताए । उनले यो सन्दर्भमा काउन्सिलले चाँडै नीति बनाउँने समेत बताए ।
अस्पतालका अध्यक्ष किशोर महर्जनले आवश्यकता आविष्कारको जननी भनेजस्तै प्रतिकुल परिस्थितिमा पनि बिरामीलाई सेवा सहजताका लागि सेवा सुरु गरेको बताए । महर्जनले सामान्य अवस्थामा पनि टेलिमेडिसिन सेवालाई निरन्रता दिने बताए । यो सेवाले सामान्य परामर्शका लागि अस्पताल आउँनुपर्ने झन्झट कम हुनुका साथै विदेशमा बसेकाहरुलाई सेवा लिन अझै सहज हुने विश्वास लिइएको छ ।

नयाँ वर्षमा विशेषज्ञ परामर्श निःशुल्क
अस्पतालले नेपालीहरुको नयाँ वर्ष ०७७को उपलक्ष्यमा एक साताका लागि अस्पतालका सबै विशेषज्ञ परामर्श सेवा निःशुल्क गर्ने घोषणा गरेको छ । यो सेवा बैशाख १ देखि ७ गतेसम्मका लागि लागु हुनेछ । अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार नयाँ वर्षको उपलक्ष्यमा टेली कन्सल्टेसन निःशुल्क गर्न लागिएको हो । यसअघि अस्पतालले आफ्नो स्थापनाको दिवसको उपलक्ष्यमा पनि निःशुल्क ओपिडी घोषणा गरेको थियो । यो सुविधा अन्तर्गत प्रयोगशाला, शल्यक्रिया र रेडियोलोजी परीक्षणहरु नपर्ने पनि अस्पतालले जनाएको छ ।

One thought on “स्टार अस्पतालले सुरु गर्‍यो टेली कन्सल्टेसन सेवा, प्रयोगशालामा जाँच्न परे घरमै नमुना संकलन गर्न आउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय