कोरोना नियन्त्रण गर्ने यस्ता छन् सरकारका दुई रणनीति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुलुकमा दोस्रो चरणमा प्रवेश गरेको कोरोनाबाट बच्नका लागि दुईवटा रणनीति अबलम्बन गरेर अघि बढ्ने भएको छ ।

संक्रमणको संख्या बढ्दै गएपछि मन्त्रालयले थप दुईवटा रणननीति अगाडी बढाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

पहिलो रणनीति भनको लकडाउनको पुर्ण पालना गरी क्वारेन्टाइनमा बस्ने हो, डा। देवकोटाले भने,‘ क्वारेन्टाइनमा रहँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलन पाँउदैन ।’ उनले नमूना परीक्षणलाई दायारा बढाउने क्वारेन्टाइनको महत्व सबैले बुझेर बस्नुपर्ने अर्को राणनीति भएको उनले बताए ।

कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमूना परीक्षण भएको छ । कोरोनाको आशंकामा नेपालमा हालसम्म ५ हजार १ सय ४४ जनाको नमूना परीक्षण भएको  मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १५ र बाहिर ७० गरी जम्मा ८५ जना आइसोलेसन वार्डमा भर्ना भई उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।

मुलुकभर हाल ७ हजार ९सय ९३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। दुई सय १ सय जना रेड जोनमा रहेको डा। देवकोटाले बताए ।दार्चुलामा कोरोना परीक्षणका लागि ४ सय ७ वटा नमूना संकलन भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय