५ हजार १ सय ४४ जनाको नमुना परीक्षण, २ सय १ रेड जोनमा

कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमुना परीक्षण भएको छ । कोरोनाको आशंकामा नेपालमा हालसम्म ५ हजार १ सय ४४ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १५ र बाहिर ७० गरी जम्मा ८५ जना आइसोलेसन वार्डमा भर्ना भई उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

मुलुकभर हाल ७ हजार ९सय ९३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। दुई सय १ सय जना रेड जोनमा रहेको डा. देवकोटाले बताए । दार्चुलामा कोरोना परीक्षणका लागि ४ सय ७ वटा नमुना संकलन भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ३ वटा केस पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । ३७, ४४, ५५ वर्षे पुरुष रहेको र नारायणी अस्पतालमा उपचारको क्रममा रहेको डा. देवकोटाले बताए । हाल संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय