सप्तरीबाट सिमानाका मस्जिदहरूमा बस्दै-बस्दै वीरगन्ज आइपुगेका थिए संक्रमित भारतीय

वीरगन्जमा भेटिएका कोरोना संक्रमित तीनजना भारतीय करिब ६० हजार मानिससँगै सप्तरीको एउटा सभामा सहभागी भएका थिए।

गत फागनु ३, ४ र ५ गतेसम्म सप्तरीको बोदेबसाइनमा भएको एउटा धार्मिक सभामा उनीहरु सहभागी थिए। जिल्ला प्रशासन कार्यालयका अनुसार त्यो सभामा नेपाल, भारत, पाकिस्तान, भुटान र बंगलादेशका गरी करिब ६० हजार मानिस सहभागी थिए।

त्यही भेलामा सहभागी भएर उनीहरूसहित २४ जना भारतीय वीरगन्जको एउटा मस्जिदमा बस्दै आएका थिए। १३ दिनअघि वीरगन्ज आइपुगेका उनीहरू सप्तरी, पर्सा, बारालगायत ठाउँका मस्जिदमा बस्दै आएका हुन्।

धार्मिक यात्रामा हिँडेका उनीहरू सीमानामा पर्ने भारतीय तथा नेपालका मस्जिदमा बस्दै-बस्दै आइपुगेका थिए। तीमध्ये सप्तरीबाट घुम्दै चैत १० गते चितवन आइपुगेका १२ जनालाई चितवनकै क्वारेन्टाइनमा राखिएको छ।

अहिले संक्रमण देखिएका ती भारतीय नेपाल आउँदासम्म भारतमै पनि संक्रमण यत्ति फैलिइसकेको थिएन। त्यो बेलासम्म भारतमा ३–४ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो।

धार्मिक यात्राका क्रममा नेपाल भारत सिमानाका मस्जिदमा घुम्दै फर्कियो योजना बनाएका उनीहरु फर्किने भनिएको दिन लकडाउन भइसकेको थियो।

प्रहरीले वीरगन्जको मस्जिदमा बसिरहेका ती २४ भारतीय र नेपाली गरी ३३ जनालाई त्यहाँबाट निकालेर क्वारेन्टाइनमा राखेको थियो।

तीमध्ये तीन जना भारतीय नागरिकको रिपोर्ट पोजेटिभ आएको हो। वीरगन्जको छपकैया मस्जिदमा बस्दै आएका उनीहरु अहिले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भर्ना भएका छन्। ३३ जनाकै स्वाव संकलन गरेर बिहीबार हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। तीमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उक्त रिपोर्ट पोजेटिभ नै देखिएको बताइएको छ।

मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र दिल्लीका हुन्।

मार्च ४मा फर्किने रेलको टिकट भएपछि लकडाउनका कारण उनीहरु नेपालमै रोकिएका थिए।

हेटौंडाको प्रयोगशालामा स्वाव परीक्षणको पहिलोपल्टको नतिजा पोजिटिभ आएपछि उनीहरुसँगै रहेकाहरुलाई पनि प्रहरी खोज्न सुरु गरेको थियो।

सूचनाको अधारमा प्रहरीले दुई मस्जिदमा छापा मारेर शनिबार साँझ थप २६ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई वीरगन्जकै सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको छ।

प्रहरीका अनुसार उनीहरु बस्दै आएका सबै जिल्लामा उनीहरुसँग सम्पर्कमा आएकाहरुकाे खाेजी भइरहेकाे छ।

वीरगन्ज बसिरहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय