वीरगन्ज बसिरहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा भेटिएका तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ। हेटौंडा प्रयोगशालाको प्रारम्भिक रिपोर्टअनुसार उनीहरूमा संक्रमण पुष्टि भएको हो। थप परीक्षणका लागि उक्त नमुना टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार ती तीन भारतीयको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो। वीरगन्ज छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका उनीहरूलाई प्रहरीले समन्वय गरेर … Continue reading वीरगन्ज बसिरहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि