वीरगन्ज बसिरहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा भेटिएका तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ।

हेटौंडा प्रयोगशालाको प्रारम्भिक रिपोर्टअनुसार उनीहरूमा संक्रमण पुष्टि भएको हो। थप परीक्षणका लागि उक्त नमुना टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार ती तीन भारतीयको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो।

वीरगन्ज छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका उनीहरूलाई प्रहरीले समन्वय गरेर अस्पताल पु¥याएको थियो। मस्जिदमा एक धार्मिक कार्यक्रमका लागि उनीहररू १५ दिनअघि आएका थिए। पुष्टि भएकामध्ये दुईजना उत्तर प्रदेश र एकजना नयाँदिल्लीका हुन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने प्रयोगशालाले मन्त्रालयलाई औपचारिक इमेलमार्फत जाननकारी दिइनसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय