विश्वकोरोना कहर : १७ लाख ७७ हजार ६ सय ६६ संक्रमित, १ लाख ८ हजार ८ सय ६७ जनाको मृत्यु

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७७ हजार ६ सय ६६ पुगेको छ भने १ लाख ८ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ।

बितेको २४ घण्टा  अवधिमा मात्रै ८० हजार २ सय १८ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार बढीले ज्यान गुमाएका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अमेरिकामा सबैभन्दा बढी फैलिएको छ। अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित छन् भने ज्यान गुमाउनेको संख्या पनि अमेरिकैमा बढी भएको छ। अमेरिकामा ५ लाख ३२ हजार ८ सय ७९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

त्यहाँ २४ घण्टामा मात्रै ३० हजार ३ नयाँ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ। एकै दिन अमेरिकामा १ हजार ८३० जनाले ज्यान गुमाएका छन्। इटालीमा१ लाख ५२ हजार २ सय ७१ जना संक्रमित रहेकोमा १९ हजार ४सय ६८ जनाको मृत्यु भएको छ। स्पेनमा १ लाख ६३ हजार २ सय २७ जना कोरोना भाइरसका सन्क्रमितमध्ये १६ हजार ६सय ६ जनाको ज्यान गएको छ। बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ भने सन्क्रमितको संख्या ७८ हजार ९ सय ९१ रहेको छ।

फ्रान्समा रहेका १ लाख २९ हजार ६ सय ५४ जना सन्क्रमितमध्ये १३ हजार ८सय ३२ जनाले भाइरसका कारण ज्यान गुमाएका छन। जर्मनिका १ लाख २५ हजार ४ सय ५२ जना सन्क्रमित्मध्ये २ हजार ८ सय ७१ जनाको भाइरसका कारण ज्यान गएको छ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ । यो संगै बिश्वभर रहेका १७ लाख ८० हजार ३ सय १५ जना कोरोना भाइरसका सन्क्रमितमध्ये १ लाख ८ हजार ८ सय २८ जनाको ज्यान गएको छ भने ४ लाख ४ हजार ३१ जना उपचारपछि घर फर्किसकेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय