सुदूरपश्चिमका १ हजार २ सय ८० को र्यापिड टेस्ट नेगेटिभ
सुदूरपश्चिमका चार जिल्लाबाट गरिएको एक हजार दुई सय ८० जनाको कोरोना परिक्षण नेगेटिभ रहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रवार सम्म चार जिल्लाका एक हजार दुई सय ८० जनाको परीक्षण गरिएको हो।
जसमा सवै रिपोर्ट नेगेटिभ रहेको कोरोना भाईरस स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमरा जोशीले बताए। उनका अनुसार कैलालीमा ६ सय ३९, कञ्चनपुरमा तीन सय ७०, डोटीमा दुई सय १३ र बाजुरामा ४९ जनाको शुक्रबार सम्म र्यापिड टेस्ट गरिएको थियो।
सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले पीसीआर परीक्षणमा भाइरस भए नभएको जानकारी प्राप्त हुने भएपनि र्यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने बताए। उनका अनुसार यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ। र्यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नै पर्ने उनले बताए।
माईक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर टेस्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिन्छ भने आरडीटीमा रगतको नमूना परीक्षण गरिन्छ।