ज्वरो नाप्ने यन्त्रसम्म छैन, घरघर पुगेर लक्षण सोध्नेमात्रै काम भएको छ : अध्यक्ष, मालिकार्जुन गाउँपालिका दार्चुला

सुदूरपश्चिम दार्चुलामा नेपाल-भारत सिमानाका बन्द भए पनि चोरबाटोबाटै मानिस नेपाल भित्रिरहेका छन्।

यसरी झन् भाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै स्थानीय सरकारहरुले चिन्ता व्यक्त्त गर्न थालेका छन्। यसै सातामात्रै दार्चुलाको मालिकार्जुन गाउँपालिकाको सिमाना जोडिएका नाकाबाट ३३ जना सर्वसाधारण महाकाली नदीबाट ट्यूबको साहारामा पौडी खेलेरै गाउँ छिरेका छन्।

यस्तै कारण कोरोना भाइरसको संक्रमण बढ्ने सम्भवना रहेको र गाउँपालिकामा झन् जोखिम रहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए।

‘चोरबाटोको प्रयोग गरि सर्वसाधारण धमाधम नेपाल आइरहेका छन् स्वास्थ्य परीक्षणका लागि हामीसँग न स्वास्थ्य सामग्री छ न त कुनै उपकरण’ धामीले भने गाउँपालिका जोखिम मोल्न बाध्य छ, उनीहरुलाई केही लक्षण छ कि छैन भनेर सोधपुछमात्रै गरेका छौं।’

गत मंगलबार भारतबाट आएका ३३ जनालाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ। सुदूरको दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाका ३ वडाको भारतसँग सिमाना जोडिएको छ।

सिमाना जोडिएका नाकाबाट चोरबाटोको प्रयोग गरी नेपाल भित्रीने हरुको संख्या बढ्दै गएको छ। गाउँपालिकासँग स्वास्थ्य परीक्षणका लागि थर्मल गन, पिपिई लगायतका स्वास्थ्य सामग्रीको अभाव भएकाले क्वारेन्टाइनमा रहेका लगायतका घरमै बसिरहेकाहरुको समेत समस्या भएको धामीले बताए।

मंगलबार चोरबाटोबाट भित्रिएका सर्वसाधारण बैतडी दार्चुला र बझाङका स्थानीय हुन्। गाउँपालिकाले भाइरसको संक्रमण नियन्त्रणका लागि शंकरपुर उच्च माध्यमिक विध्यालय र बाकुमा क्वारेन्टाइन बनाएको छ।

‘गाउँपालिकासँग स्वास्थ्य परीक्षण गर्नका लागि केही पनि सामग्री छैनन्। घरघर पुगेर लक्षण केही छन् कि भनेर सोध्छौं मात्रै त्यसैको आधारमा अस्पताल पठाउनुपर्ने हो कि होइन भनेर अनुमान गर्ने हो। अरु बिकल्प केही छैन’ धामीले भने। त्यसैमाथि बाहिरबाट आएकाहरुले क्वारेन्टाइनमा बस्न मान्दैनन्। त्यसले पनि थप समस्या देखिएको उनले बताए।

गाउँपालिकाले भर्तोला शंकरपुर चैतलिचौरा जोलजिवी र बाकुमा हेल्थ डेस्क स्थापना गरेको छ। गाउपालिकाले लकडाउनले समस्यामा परेका गरिब विपन्न वर्गका सर्वसाधारण लगायत मजदुरहरूको तथ्यांक संकलन गरिरहेको र उनीहरुलाई राहात वितरण गरिने जानकारी दिएको छ।
गाउपालिकामा अहिलेसम्म भारतबाट २ सय ६० जना भित्रिएका छन्। उनीहरु सबै घरबाट बाहिर ननिस्कएको र कुनै लक्षण नदेखिएको उनले बताए।

भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकाले ५० लाख बराबरको बिपद् व्यवस्थापन कोषको स्थापना गर्ने बताएको छ। कोषको रकमबाट गाउँपालिकालाई आवस्यक पर्ने पिपिई लगायतका स्वास्थ्य सामग्री खरिद गर्ने अध्यक्ष नरेन्द्र धामीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय