प्रदेश ५ को कोरोना नियन्त्रण तथा उपचार कोषमा १२ करोड

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७६ चैत २९ गते ९:३७

प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैंया जम्मा भएको छ । कोषमा सामाजिक उत्तरदायित्व महशुस गर्दै विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग रकम जम्मा गर्न शुरु गरेका हुन । उक्त कोषमा प्रदेश सरकारले १० करोड रकम जम्मा गरि कोष स्थापनाको औपचारिक जानकारी गराएको थियो ।

हालसम्म उक्त कोषमा सर्वसाधारणले मोवाईल बैंकिङ मार्फत सबैभन्दा कम १ सय रुपैया देखि सबैभन्दा बढी २५ लाख पचास हजार रुपैयासम्म सहयोग गरेका छन् । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ लाख ५० हजार रुपैंया जम्मा गरेको छ, त्यसैगरी भाटभटेनी सुपर मार्केटले २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले दश र दश लाख रुपैया जम्मा गरेका छन् ।

त्यसैगरी सिटिजन बैंक ७ लाख रुपैया, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बिमा संस्थानले ५ । ५ लाख रुपैंया जम्मा गरेका छन् ।

यसैगरी उक्त कोषमा गण्डकी बिकास बैंक र निर्धन उत्थान बैंकले चार ।चार लाख जम्मा गरेका छन् । त्यसैगरी,मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले ३ लाख ९६ हजार ९७,क्रिमसन कलेजले २ लाख ५५ हजार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले २ लाख ५१ हजार, लुम्बिनी आई ईन्स्टिच्युटले २ लाख २२ हजार २ सय २२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५० हजार, सामुहिक वचत तथा ऋण सहकारी सस्थाले २ लाख सहयोग गरेका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार नेपाल भारत मैत्री समाज २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, प्रगतिशिल इञ्जिनियरिङ एशोसिएशनले १ लाख ५ हजार ५ सय, सशक्त बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार,कैलाश बिकास बैंकले १ लाख १ हजार, उद्योग व्यापार संगठन रुपन्देहीले १ लाख १ हजार,रोटरी क्लब अफ तिनाउ बुटवलले, ६० हजार जम्मा गरेका छन् ।

कोषमा व्यक्तिगत रुपमा पनि सहयोग रकम जम्मा भएको छ । त्यसरी सहयोग गर्नेमा बुटवल—११ निवासी शेरबहादुर गुरुङबाट १ लाख ५ हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट १ लाख रुपैंया, लिलामणि पौडेलबाट ५० हजार र कृष्ण बहादुर केसीबाट ४० हजार ५ सय ५५ रुपैंया रहेका छन् ।

यो मध्ये विहिवार प्राप्त सहयोग रकमको चेक बैंक दाखिला गर्न बाँकी रहेको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको छ ।

नेपाल उद्योग परिसंघले प्रदेश ५ मा २० लाख रुपैंया र एनआईसि एशिया बैंकले ५ लाख रुपैंया बराबरको खाद्यान्न सहयोग गरेका छन् । एनएमबी बैंकले १ सय थान स्वास्थ्यसामग्री पिपिई प्रदान गरेको छ ।

यसका साथै बुटवलको धागो कारखानामा रहेको आईसोलेसन विशेष अस्थायी अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसियुका लागि आबश्यक उपकरण दिने घोषणा गरेको छ ।

कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा क्यूआर कोड स्क्यान गरी इ–सेवाको फोनपे मार्फत आफ्नो सहयोग रकम सिधै कोषमा प्रदान गर्न सकिने प्रदेश सरकारले जनाएको छ । त्यसैगरी राष्ट्यि वाणिज्य बैंक, बुटवल शाखाको कोभिड १९ नियन्त्रण तथा उपचार कोषको शिर्षकमा रहेको खाता नं. ३१२०५०३०००३०१ मा जम्मा गर्न सकिन्छ ।

कोरोना नियन्त्रण तथा उपचार कोषमा सक्दो योगदान गरौं, महामारी विरुद्धको लडाईंमा एकजुट भई अघि बढौ, यो अकल्पनीय बिपत्ति विरूद्ध लड्न तपाईं हामी सबै मिलेर सहयोगी हात बढाऔं भनि प्रदेश ५ सरकारले अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय