कोरोना विश्वकहर : ज्यान गुमाउनेको संख्या १ लाख २ हजार नाघ्यो, संक्रमित १७ लाख

विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट १ लाख २ हजारभन्दा बढीको मृत्यु भएको छ। संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ।

वर्ल्डमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वमा शनिबार बिहानसम्म कोरोना भाइरसका कारण १ लाख २ हजार ७ सय ३४ जनाको ज्यान गइसकेको छ। १६ लाख ९९ हजार ६ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

कोरोना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय ९ देश तथा क्षेत्रमा फैलिसकेको छ। अहिले विश्वमा सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा रहेको मृत्यु इटालीमा भएको छ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, क्यानडा, ब्राजिल, पोर्चुगल र अष्ट्रिया रहेका छन्।

हालसम्म सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण अमेरिकामा देखिएको छ। मृत्यु इटालीमा भएको छ।

अमेरिकामा हालसम्म ५लाख २ हजार ८ सय ७६ जनामा कोरोना भाइसको संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये १८ हजार ७ सय ७७ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा देखिएका १ लाख ५८ हजार २ सय ७३कोरोनाका संक्रमितमा १६ हजार ८१ जनाको मृत्यु भएको छ। इटालीका १ लाख ४७ हजार ५ सय ७७ जना कोरोना संक्रमितमध्ये १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ।

जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार २ सय ३५ पुगेको छ, जसमध्ये २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ।

फ्रान्समा १ लाख १७ हजार ७ सय ४९ संक्रमित रहेकोमा १२ हजार २ सय १० जनाको मृत्यु भएको छ। चीनमा कूल कोरोना संक्रमितको संख्या ८१ हजार ९ सय ७ रहेको छ। यीमध्ये ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ।

त्यस्तै फ्रान्समा १ लाख २४ हजार ८ सय ६९ जना कोरोना भाइरसका संक्रमणमा १३ हजार १ सय ९७ जनाको ज्यान गएको छ। जर्मनीका १ लाख २२हजार १ सय ७१ जना संक्रमितमध्ये २ हजार ७ सय ३६ जनाको ज्यान गएको छ।

इरानमा कोरोना भाइरस संक्रमितको संख्या ६८ हजार १ सय ९२ पुगेको छ, जसमध्ये ४ हजार २ सय ३२ जनाले ज्यान गुमाइसकेका छन्।

बेलायतम संक्रमितको संख्या ७३ जहार ७ सय ५८ रहेकोमा ८ हजार ९ सय ५८ जनाको मृत्यु भइसकेको छ। टर्कीमा ४७ हजार २९ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये १ हजार ६ जनाको मृत्यु भएको छ।

बेल्जियममा कोरोना भाइरसका संक्रमितको संख्या २६ हजार ६सय ६८ रहेको छ, जसमध्ये ३ हजार १९ जनाको मृत्यु भइसकेको छ। स्वीट्जरल्याण्डमा २४ हजार ५ सय ५१जना संक्रमित रहेकोमा १ हजार २ जनाको मृत्यु भएको छ।

त्यस्तै नेदरल्याण्ड्स कोरोना संक्रमित २३ हजार ९७ पुगेको छ। यीमध्ये २ हजार ५ सय ११ जनाको मृत्यु भइसकेको छ।

नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। यीमध्ये १ जनाको उपचारपछि निको भइसकेको छ। बाँकी ८ जना अहिले उपचारत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय