महामारीबारे बोल्ने बेला मन्त्रीज्यूहरूले प्राविधिकलाई अगाडि लगाउनुपर्छ : डा. उप्रेती

काेराेना भाइरस संक्रमणकाे महामारीसँग अहिले विश्व नै जुधिरहेकाे छ। विश्वभरि एक लाख भन्दा बढी मानिसकाे मृत्यु भइसकेकाे छ। करिब साढे १७ लाख मानिस संक्रमित भइसकेका छन्।। काेराेना भाइरस संक्रमण नेपालमा पनि देखिइसकेकाे छ। अहिलेसम्म नेपालमा नौजनामा संक्रमण पुष्टि भएकाे छ। एकजना निकाे भइसकका छन्।

कैयाै शक्त्ति राष्ट्रले ठूलाे जनधनकाे क्षति बेहाेरिसकेकाे अवस्थामा याे विश्व महामारीसँग जुध्नका लागि हाम्राे देशकाे स्वास्थ्य प्रणाली, नेतृत्व र संयन्त्र कति सक्षम छ? यही सेरोफेरोमा हेल्थपाेस्ट नेपालका अशोक अधिकारीले पूर्वस्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीसँग गरेकाे कुराकानी :

कोरोना भाइरसको विश्व महामारीबाट नेपाल अछुतो रहेन। नेपालमा कोरोनाको जोखिम र स्वास्थ्य क्षेत्रको भूमिका कस्तो हुनुपर्छ?

इतिहासमा विभिन्न किसिमका महामारी आएका छन्। हरेक शताब्दीमा महामारी फैलिने गरेको छ। प्लेग, कोलोराजस्ता महामारी पनि आए। सन् १९१८ को स्पेनिस फ्लू भयो, हङकङ फ्लू भयो, एसियन फ्लू आदि भाइरसकै कारण भएको हो। जसका कारण धेरै मानिसको ज्यान गयो। हाम्रो पुस्ताले देखेको चाहिँ सार्स हो। २००२–००३ मा फैलिए पनि हाम्रो देशमा आएन। चीन, हङकङमा फैलियो। सार्सकै अर्को प्रजातिको भाइरस मर्स आयो। त्यसपछि इबोला आयो, त्यो पनि भाइरस नै हो। निपाह भाइरस पनि देखियो। भाइरसको महामारी अहिले विश्वभरि फैलियो। इबोला फैलिएको भए झन कति ठूलो संकट हुने थियो होला! कोरोना भाइरसको मृत्युदर कमै छ। तर, इबोलाको मृत्युदर ५० प्रतिशतभन्दा माथि थियो। अहिले चाहिँ स्वासप्रस्वासबाट सर्ने भाइरसबाट विश्व आक्रान्त भएको छ।

अबको समयमा रेस्पिरेटरी भाइरसको महामारी नियन्त्रण र रोकावट गर्न विश्वको बौद्धिक जगत, विश्व स्वास्थ्य संगठन लगायतले सचेत गराइसकेका थिए। विश्वका कुनै पनि मुलुकलाई यस किसिमको भाइरस आउन सक्छ, त्यसलै यस्ता विषयमा मुलुकहरू पूर्वतयारी हुनुपर्छ भनिएको थियो। ‘प्रिपियरनेस’ हुनुपर्छ भनिएको थियो। स्वास्थ्यकर्मीहरू पनि यस्ता विषय आवश्यक ज्ञान दिनुपर्छ। आइसोलेसन, क्वारेन्टाइन जस्ता विषय आएका छन्। सन् २००५ मा ‘इन्टरनेशनल हेल्थ केयर रिलेसन’ आएपछि यस्ता विषय लागू गर्न बाध्य गराएको छ। यस्तो विषय आउँछ भनेर जनसास्थ्यका विज्ञहरूले बेलाबखतमा भएकै हुन्। हामी सचेत रहनुपर्छ, भाइरसले सीमारेखाको मतलब गर्दैन भनेकै हो। कोरोना भाइरस यही परिप्रेक्ष्यमा आयो। यो विश्वकै लागि नवीन चुनौतीका रूपमा देखिएको छ।

कोरोनाजस्तै महामारीका समयमा जनस्वास्थ्यका विज्ञहरूको भूमिका कस्तो रहन्छ?

कोभिड-१९ कोरोना भाइरसको महामारी फैलिएको धेरै भएको छैन। सन् २०१९ को अन्त्यमा देखिएको यो भाइरसले विश्वभरि नै आतंक मच्चाइरहेको छ। जनस्वास्थ्यका अध्योताहरूका लागि त अहिले संसारै एउटा ल्याब्रटरी भएको छ। अध्ययन, अनुसन्धानका लागि सबैभन्दा ठूलो योगदान गर्न सकिने समय हो यो। हाम्रोजस्तो देशले चीनमा के भयो, इटालीमा के भयो, सिङ्गापुरले के गर्‍यो, स्पेनमा के भइराखेको छ? अमेरिकामा किन त्यति धेरै फैलिन गयो भन्ने विषयमा खोजेर, सिकेर धेरै गर्ने अवसर छ।

कोरोना भाइरस कोभिड-१९ को महामारीका हामी सबैका लागि विश्वभरि नै एउटा चुनौतीका रूपमा आएको छ। यो चुनौतीको डटेरै सामना गर्नुपर्छ। अहिलेसम्म मानव समुदायले जित्छौं भनेर लागिरहेका छौं। जित्छौं पनि होला। तर, जितिसकेको अवस्था होइन। त्यसैले, अब यो चुनौतीलाई अवसरमा बदल्नुपर्छ।

विश्वका विभिन्न विद्वानहरूले कोरोना महामारीले अमेरिकाभन्दा चीन शक्तिशाली राष्ट्र बन्ने तर्क पनि गरिरहेका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीका चुनौतीलाई पार लगाएर यसलाई अवसरमा रूपान्तरण गर्न जनस्वास्थ्यका अध्येताले चाहिँ के गर्नुपर्छ?

कोरोना भाइरस कोभिड-१९ को महामारीका हामी सबैका लागि विश्वभरि नै एउटा चुनौतीका रूपमा आएको छ। यो चुनौतीको डटेरै सामना गर्नुपर्छ। अहिलेसम्म मानव समुदायले जित्छौं भनेर लागिरहेका छौं। जित्छौं पनि होला। तर, जितिसकेको अवस्था होइन। त्यसैले, अब यो चुनौतीलाई अवसरमा बदल्नुपर्छ। अहिलेसम्मको यो चुनौतीको आर्थिक पक्षको विषयमा त म धेरै कुरा नभनौं, म त्यसको विज्ञ होइन। तर, समष्टिमा भन्दा यो महामारीले ठूला–ठूला देशहरूलाई छोडेन। हामीलाई छोड्ला भनेर मान्ने स्थिति छैन। विश्वका अधिकांश ठूला मुलुकले आर्थिक प्याकेज घोषणा गरिरहेका छन्। आजभोलिमै जापानले गर्ला। अमेरिकाले गर्‍यो। क्यानडाले गर्‍यो। अर्थव्यवस्थालाई लाइनमा राख्नलाई विकसित देशहरूले प्याकेज घोषणा गरिरहेका छन्। यो महामारीले हामीलाई पनि असर गर्छ। अर्थतन्त्रमा ठूलो हलचल ल्याउने छ।

अब स्वास्थ्य क्षेत्रको सन्दर्भमा कुरा गरौं। यो महामारी क्रिटिकल केयरको प्रणालीलाई व्यवस्थित गर्ने अवसर पनि हो। स्वास्थ्य क्षेत्रलाई सरकारले पनि पैसा दिन्छ। प्रधानमन्त्री कोणमा जनताले पनि पैसा हालिराखेका छन्, दाताहरूले दिइरहेका छन्। अहिले हाम्रो स्वास्थ्य प्रणालीका कमजोर पक्षलाई, जनस्वास्थ्य प्रणालीका कमजोर पक्षहरूलाई दह्रो पार्ने र चलायमान बनाउने ठूलो अवसर हो।

नेपालको स्वास्थ्य प्रणाली कोरोना भाइरसको विश्वव्यापी महामारीसँग लड्न तयार छ?

काम गर्ने मान्छेलाई जहाँ पनि चुनौती हुन्छ। चुनौतीको सामना गर्ने मान्छेले नै नेतृत्व गर्न सक्छ। नेतृत्वले कानुन पढेर बस्ने होइन, कानुनको निर्माण गर्ने हो। असल नेतृत्वले ‘लिड’ गर्छ। इफेक्टिभ डेलिभरी गर्छ। नभए उसले छोड्नुपर्छ। नेतृत्व खारिने बेला नै यस्तै संकटको बेला हो। खारिन र विकसित हुन पनि नेतृत्वको आशय राम्रो हुनुपर्छ। नेतृत्वले जनताको भावना बुझेको, नागरिकको दुःख आफ्नै हो भन्ने, जनतालाई काँडाले घोच्दा नेतृत्वको मुटु चस्किने हुनुपर्छ।

नेतृत्वलाई चुनौती आउने कुरा नयाँ होइन। असल नेतृत्वले चुनौतीको सामना गर्नुपर्छ। नेतृत्वले आफ्नो ‘स्किल’ देखाउने समय पनि यही हो। यस्तो अवस्थामा योग्य मान्छे मात्रै सर्भाइभ हुन्छ नेतृत्वमा। यस्तो परिस्थितिमा हाम्रो प्रणालीका नेतृत्वकर्ताहरूले आफूलाई थप मेहनतमार्फत पुष्टि गर्नुपर्छ। नागरिक तहमा कस्तो पीडा भइरहेको छ, जुत्ताले खुट्टा कति दुखाइरहेको छ भन्ने कुरा बुझ्न जुत्तामा खुट्टा हाल्नुपर्‍यो नि!

सरकारी तवरबाट भइरहेका काम कारबाही सन्तोषजनक छन्राज्यका निकायको भूमिका यस्तै हुनुपर्ने हो?

लकडाउनका बेला पनि बालबालिका खेलिरहेका छन्। कोही बाहिर निस्किएर हिँडिरहेका छन्। संवेदनशील समयमा हिँड्ने होइन नि। तर, यहाँ के भयो भने हामीले सूचना पर्याप्त दिन सकेका छैनौँ। त्यसैले यस्तो अवस्था सिर्जना भएको हो। म मर्छु भन्ने डरले भन्दा पनि मेरो जिम्मेवारी छ, म समाजको इकाई हुँ, मैले जोगिनुपर्छ, यो समाजलाई मैले योगदान दिनुपर्छ भन्ने बोध हुनुपर्छ। परिवारलाई जोगाउनुपर्छ, समुदायलाई सुरक्षित राख्नुपर्छ, राष्ट्रका लागि सबैभन्दा ठूलो भूमिका छ भन्ने बोध हुनुपर्छ। अहिले मेरो भूमिका र अरू कसैको भूमिकामा खासै फरक छैन। सामाजिक रूपमा उत्तरदायी हुनैपर्छ।

प्रणालीमा दुई प्रकारका नेतृत्व हुन्छन्। राजनीतिक नेतृत्वका विषयमा टिप्पणी नगरौं, मेरो त्यो क्षेत्र होइन। मैले ब्युरोक्र्याटिक लिडरसिपको कुरा गर्ने हो। हाम्रो कर्मचारीतन्त्रमा छानेर राख्ने प्रद्धति छ। राम्राभन्दा हाम्रा मान्छे छानेर राख्ने पद्धति छ। यस्तो बेलामा हाम्राभन्दा राम्रा मान्छे छान्नुपर्छ। लिडरसिप, जोसँग हाम्राभन्दा राम्रा मान्छे छान्ने क्षमता छ, कानुन छ। राम्रा मान्छे ठाउँमा भइदिए भने पुग्छ। नेतृत्व अलिकलि तालिम पाएर पनि हुन्छ, अलिकति चाहिँ जन्मजात नै पनि हुन्छ। उपयुक्त मान्छेलाई उपयुक्त स्थानमा राख्नुपर्छ। नयाँ नेतृत्व निर्माण हुने पनि यस्तै संकटको बेला हो।

राजनीतिक नेतृत्वलाई प्राविधिक विषयमा जानकारी नहुन सक्छ। मन्त्रीहरूलाई पिपिई भन्ने के हो? कहाँ बन्छ? यसले के काम गर्छ? यसको गुणस्तर के हुनुपर्छ? क–कसले लगाउनुपर्छ? क्लास वान, क्लास टु कुन लगाउनुपर्छ? भन्ने थाहा नहुनु स्वाभाविक कुरा हो। मन्त्रीज्यूहरूले यस्तो बेला प्राविधिक मान्छेलाई अगाडि लगाउनुपर्छ। पिपिई भनेको के हो बताइदिनुस् सचिवज्यू, जनस्वास्थ्य अधिकृतज्यू भनेर उता देखाइदिनुपर्छ। आइसोलेसन त सबैलाई थाहा भइसक्यो। तर, रिभर्स आइसोलेसन भनेको के हो भनेर मन्त्रीज्यूलाई कसैले सोध्यो भने हाम्रै डाक्टरलाई पनि थाहा नहुन सक्छ। त्यसैले, यस्तो बेला प्राविधिक टिम मन्त्रीसँग हुनुपर्छ।

स्वास्थ्यमन्त्रीले पनि पिपिई भनेको के हो मलाई थाहा छैन भनेको भिडियो सार्वजनिक भयो। स्वास्थ्य सामग्री खरिदमा घोटाला हुन्छ। यस्तो अवस्थामा कर्मचारीतन्त्रले कसरी काम गर्लाजनताप्रतिको दायित्व पूरा होला?

राजनीतिक नेतृत्वलाई प्राविधिक विषयमा जानकारी नहुन सक्छ। मन्त्रीहरूलाई पिपिई भन्ने के हो? कहाँ बन्छ? यसले के काम गर्छ? यसको गुणस्तर के हुनुपर्छ? क–कसले लगाउनुपर्छ? क्लास वान, क्लास टु कुन लगाउनुपर्छ? भन्ने थाहा नहुनु स्वाभाविक कुरा हो। मन्त्रीज्यूहरूले यस्तो बेला प्राविधिक मान्छेलाई अगाडि लगाउनुपर्छ। पिपिई भनेको के हो बताइदिनुस् सचिवज्यू, जनस्वास्थ्य अधिकृतज्यू भनेर उता देखाइदिनुपर्छ। आइसोलेसन त सबैलाई थाहा भइसक्यो। तर, रिभर्स आइसोलेसन भनेको के हो भनेर मन्त्रीज्यूलाई कसैले सोध्यो भने हाम्रै डाक्टरलाई पनि थाहा नहुन सक्छ। त्यसैले, यस्तो बेला प्राविधिक टिम मन्त्रीसँग हुनुपर्छ।

आइसोलेसन किन चाहियो भने संक्रमण भएको व्यक्तिले अर्को व्यक्तिमा र चिकित्सकमा पनि नसारोस् भनेर हो। त्यहाँ भएका अरू बिरामीलाई पनि नसारोस् भनेर नै आइसोलेसनमा छुट्टै राखिएको हो। भोलि यस्तो अवस्था पनि आउन सक्छ कि, एउटा डाक्टरले १५ दिन डिउटी गर्‍यो, फेरि क्वारेन्टाइनमा गयो। स्वास्थ्यकर्मी नै भएन भने अवस्था जटिल बन्नसक्छ। सानातिना समस्या देखिएका डाक्टरहरूबाट पनि रोग नसरोस् भनेर उनीहरूबाट प्रोटेक्सन दिनुपर्ने हुनसक्छ। रिभर्स आइसोलेसन गर्नुपर्ने हुनसक्छ। त्यसैले यस्ता प्राविधिक कुराहरूमा मन्त्री, सचिवदेखि प्राविधिक पक्षका जानकारसम्मको समन्वय हुनुपर्छ।

अर्कोतर्फ अनियमितताको पक्ष छ, अब यत्रो घोटाला भयो भनेर ध्यानाकृष्ट भइसकेपछि मैले भयो भन्न पनि मिलेन, घोटाला भइन भन्न झनै मिलेन। यस्ता विषय सम्मुख छन्। प्रश्न उठेपछि, जनमानसमा चर्चाका विषय भएपछि के भएको हो भन्ने निष्कर्षमा पुग्नुपर्छ। पद्धतिमार्फत निष्कर्ष निकाल्नुपर्छ। अहिले यो विषयमा कसैले बोल्यो भनेर कि व्यक्तिगत रिसइवी हुन्छ, कि राजनीतिक हुन्छ। प्रश्न उठेपछि छानबिन गरेर टुङ्गो लगाउनुपर्छ।

आफ्नो करियरमा स्वास्थ्य सचिवको जिम्मेवारीमा आइपुग्दासम्ममा नेपालमा कस्ता–कस्ता महामारीहरू पन्छाउनुपर्‍योकसरी काम गर्नुहुन्थ्यो?

महामारी र प्राकृतिक विपत्तिलाई दुई अलग बास्केटमा राखेर हेर्नुपर्छ। म महानिर्देशक रहेका बेलामा २०७२ सालमा भूकम्प आएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गर्दा सन् २००९ मा स्वाइनफ्लू एचवान एनवान भाइरस आयो। अर्को विपत्ति थियो– कोसीको बाढी। कोसीको बाँध भत्किएर बाढी गाउँ पसेका बेला पनि म महाशाखामै थिएँ। जाजरकोटमा दुई वटा घटना भयो। झाडापखालाबाट दुई सयभन्दा धेरैको मृत्यु भयो। ६ महिनाको बिदामा म बाहिर गएको थिएँ। जाजरकोटको खबर पाएपछि म बीचमै नेपाल फर्किएँ। अर्को घटना चाहिँ २०७१ चैततिर भाइरस फ्लूको संक्रमण फैलिएको थियो। त्यसैले ती सम्पूर्ण महामारीहरूमा म जोडिनु परेको थियो। स्वास्थ्यसेवा प्रवाहमा कुनै कमी कमजोरी नराखी हामीले काम गरेका थियौं।

उहाँहरूभन्दा एउटा भोटो बेसी फटाएको मान्छे भएको नाताले मैले उहाँहरूलाई के भन्नुपर्छ जस्तो लाग्छ भने, स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित कर्मचारी र चिकित्सकहरूले बढो मेहनतका साथ काम गर्नु भएको छ। आफ्नो जिम्मेवारी बोध पनि गर्नुभएको छ। २०७२ सालको भूकम्पमा स्वास्थ्य क्षेत्रले जुन किसिमको रेस्पोन्स गर्‍यो, जसरी काम गर्‍यो, धेरै देश र विश्व स्वास्थ्य संगठनसहितका संख्याहरूले त्यसको प्रशंसा गरे।

एक अग्रजको तर्फबाट कोरोना भाइरसको महामारीको जोखिमविरुद्ध लड्नका लागि अहिलेको स्वास्थ्य मन्त्रालयको टिमलाई के सुझाव दिन चाहानुहुन्छ?

उहाँहरूभन्दा एउटा भोटो बेसी फटाएको मान्छे भएको नाताले मैले उहाँहरूलाई के भन्नुपर्छ जस्तो लाग्छ भने, स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित कर्मचारी र चिकित्सकहरूले बढो मेहनतका साथ काम गर्नु भएको छ। आफ्नो जिम्मेवारी बोध पनि गर्नुभएको छ। २०७२ सालको भूकम्पमा स्वास्थ्य क्षेत्रले जुन किसिमको रेस्पोन्स गर्‍यो, जसरी काम गर्‍यो, धेरै देश र विश्व स्वास्थ्य संगठनसहितका संख्याहरूले त्यसको प्रशंसा गरे। अहिले पनि उहाँहरूले गर्ने काम प्रशंसित हुन्छ। अहिले पनि उहाँहरूको काम प्रशंसित र बुद्धिमतापूर्ण हुन्छ भन्ने मलाई लाग्छ।

अहिले पहिलेजस्तो छैन। सरकारका तीन वटा तह छन्। हाम्रा संरचनाहरूमा समन्वयको अभाव छ भन्ने कुराका उदाहरण देखेकै छौँ। हाम्रो स्वास्थ्य क्षेत्रमा पनि त्यस्तो भएकै हो। त्यसैले, समन्वय गर्ने पाटोमा सबैभन्दा धेरै मेहनत गर्नुपर्छ। ढिलो भइसकेको छैन। तर, चाँडै गर्नुपर्ने कुरा चाहिँ, टेस्टिङको दायरा त बढायौं। अब टेस्टिङ र ट्रेसिङको दायरा बढाएर थप काम गर्नुपर्छ। तेस्रो र महत्त्वपूर्ण कार्य हो –ट्रिटमेन्ट।

नेपालमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। हामीले लकडाउनजस्ता रणनीतिबाट कति रोक्न सक्छौं, कति फैलिएको छ भन्ने विषयमा पनि तोकेर भन्न सकिने अवस्था छैन। तर, जनस्वास्थ्यका विज्ञहरूले धेरैमा यति आउँछन्, थोरैमा यति आउँछन् भनेर मोडेलिङ गरिसकेका छन्। तर, ती कुराहरू प्रकाशित छैनन्। मोडेलिङका विषयलाई आत्मसात गरेर अस्पतालको तयारी बढाउनु पर्‍यो। अहिलेको जस्तो सामान्य बिरामीको उपचार नहुने अवस्था सिर्जना हुनुहुँदैन। त्यो भनेको संवैधानिक व्यवस्थाको उल्लङ्घन हो। आधारभूत स्वास्थ्यसेवालाई कम्प्रामाइज गर्न पाइँदैन। आकस्मिक सेवालाई पनि कम्प्रमाइज गर्न पाइँदैन। डेडिकेटेड अस्पतालमा कोरोनाको उपचार गर्नुपर्छ। फिबर क्लिनिकहरू चलाउनुपर्छ। प्रोटोकलमा यो हो भन्ने। त्यहाँ भर्ना गर्ने व्यवस्था छैन भने सम्बन्धित ठाउँमा पुर्‍याउने। उपचारको गाइडलाइन बनाइदिनुपर्छ।

सबैभन्दा ठूलो कुरा, मन्त्रालयले, स्वास्थ्य मन्त्रालयका कर्मचारीले र नेतृत्वमा बसेकाहरूले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नुपर्छ। कोरोनाको उपचार गर्नका लागि खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरू घरमै गइरहेका छन् कि छुट्टै बसेका छन् कि! रोटेसनका लागि चाहिने जनशक्ति व्यवस्थापन गर्नुपर्‍यो। र, एक चरणको डिउटी सकिएपछि ती चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइनमा राख्नुपर्छ। सरकारले प्रोत्साहन गरेपछि स्वास्थ्यकर्मीहरू थप जिम्मेवारी बोधका साथ साथ काम गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय