काठमाडौं-४ मा टिटिआइ इलेक्ट्रोनिक्सले बाँड्यो राहत

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७६ चैत २८ गते १७:००

विश्वविख्यात टिटिआइ इंकको नेपाल विक्रेता टिटिआइ इलेक्ट्रोनिक्स नेपाल प्रालिले काठमाडौं महानगरपालिका-४ मा रहेका विपन्न समुदायलाई राहत वितरण गरेको छ।

शुक्रबार स्थानीय धुम्रबराह माध्यमिक विद्यालयको प्रांगणमा राहत वितरण गरिएको कम्पनीले जनाएको छ।

टीटीआईले १ सय ५० परिवारका लागि प्रति परिवार चामल १२ केजी, दाल १ केजी, च्युरा १ केजी, नुन १ केजी, खाने तेल ५०० मिलिलिटर, भटमासको मस्यौरा २०० ग्राम, साबुन (नुहाउने र लुगा धुने) १/१ थानको दरले वितरण गरेको थियो।

वडा समिति कार्यालय संयोजनमा भएको राहत वितरणका बेला प्रदेश सांसद नारायण सिलवाल, कामनपा वडा ४ का अध्यक्ष मोहन विष्ट, सोही वडाका सदस्यहरू दिनेश महर्जन र ध्रुव त्रिपाठीलगायत सहभागी भएका थिए।

त्यसक्रममा टीटीआई इलेक्ट्रोनिक्स नेपालका महाप्रबन्धक प्रा.लि. नवीन पाँडेले कोभिड १९ महामारीले विश्वमै मानव जातिलाई संकटमा पारेको यो बेला अझ बढी समानुभूति प्रकट गर्ने समय भएको बताए।

त्यस्तै वडाअध्यक्ष मोहन बिष्टले लकडाउनका बेला मजदूरी गर्नबाट बञ्चित र विपन्न समुदायलाई वडाले राहत दिइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय