चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टा नगर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टा नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक तथा स्वास्थ्यकर्मीको निर्णय कट्टा नगरेको बताएका हुन् ।

११ चैत मन्त्रिपरिषद्को निर्णयले कर्मचारीको ३ देखि ७ दिनसम्म्को तलव काटेर कोषमा राख्ने निर्णय गरेको थियो । स्वास्थ्यकर्मी तथा चिकित्सकलाई उच्च मनोबलका साथ काम गर्ने मन्त्रालयले अपिल समेत गरेको छ ।

हालसम्म ३ हजार ५ सय २४ नुमना परीक्षण भएको प्रवक्ता डा. देवकोटाले जनाकारी दिए । गत २४ घन्टामा ६ सय ३० नमुना परीक्षण भएको छ । जसमध्ये उपत्यकामा ४ सय १ र उपत्यका बाहिर १ सय २९ परीक्षण भएको छ, डा. देवकोटाले भने,‘ नियमित परीक्षणको दायारा बढाउँदै गएका छौ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८ सय भन्दा बढीको परीक्षण रन भइरहेको उनले जानकारी दिए । शुक्रबार देशभर ८ हजार ६ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय २५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय