स्वास्थ्यकर्मीको तलब कट्टा गर्ने सरकारको निर्णय विवेकहीन : नेपाल चिकित्सक संघ

कोरोनाका उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सरकारले तलब कट्टा गर्ने निर्णय प्रति नेपाल चिकित्सक संघको नारायणी शाखाले विरोध जनाएको छ ।

शुक्रबार विज्ञप्ती निकाल्दै श्रोत र साधनका बाबजुद पनि स्वास्थ्यकर्मीले आफ्नो प्राण जोखिममा राखेर अहोरात्र मानव सेवामा समर्पित चिकित्सकहरुको मनोबल बढाउनु सट्टा सरकारको तलब कट्टा गर्ने निर्णय विवेकहीन रहेको जनाएको छ ।

यस्तो अमानवीय कार्यबाट चिकित्सक, स्वास्थ्यकर्मी हतोत्साहति हुने भएको सो निर्णय अविलम्ब सच्चाई नागरिकहरुको जीवन रक्षाको लागि खटिएको स्वास्थ्यकर्मी लाई प्रोत्साहित गरि कर्तव्य पालन गर्ने वातावरण निमार्ण गर्ने सरकार समक्ष माग राखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय