नर्सलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइयोस् : नर्सिङ संघ

विश्वभर फैलिएको कोरोनाका भाइरसका कारण उपचारमा संलग्न स्वास्थ्यकर्मी उच्च जोखिममा हुने हुन्छन्। नेपाल नर्सिङ संघले नर्सहरूको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा कवचका साथै संक्रमण नियन्त्रणका लागि आवश्यक सुविधा माग गरेको छ।

विज्ञप्ती निकाल्दै संघले उपचारमा संलग्न नर्सको व्यक्तिगत सुरक्षाका लागि चाहिने स्वास्थ्य साम्रगी उपलब्ध गराउन अस्पताल तथा सरकारसाँग माग गरेको हो। महामारीको जोखिमपूर्ण अवस्थामा काम गरेका नर्सलाई सुरक्षित रही सेवा प्रदान गर्न संघले निर्देशनसमेत दिएको छ।

‘नेपालभरका अस्पताल तथा स्वास्थ्य संस्थामा रहेका नर्सले ज्यान जोखिममा राखी काम गरिरहेका छन्, विज्ञप्तीमा छ, ‘कोरोना भाइरस अन्य सरुवा रोगभन्दा बढी संक्रमण गराउने तथा जोखिमपूर्ण देखिएको हुनाले बिरामीलाई सेवा पुर्‍याउने नर्सको उच्च मनोबलसाथ सेवा गर्ने वातारण बनाउन जरुरी छ।’

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय