सरुवा रोग अस्पतालकी नर्स -जो मनोबल बढाउँन बिरामीसँग घुलमिल हुन्छिन्

नर्सिङ जीवन सामान्य चल्दै थियो।

२०६३ सालमा जब उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको पत्र आयो अनि उनको मन झसङ्ग भयो ‘अहो सरुवा रोग अस्पताल पो!’

कल्पलता सुब्बा अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छिन्। यो अस्पताल त्यस्तो अस्पताल हो, जो अहिलेको विश्वमहामारी ‘कोरोना उपचार’का लागि प्रमुख केन्द्र मानिएको छ।

उनी  शुक्रराज सरुवा रोग अस्पतालमा सरुवा हुने वित्तिकै त्यहाँ कसरी काम गर्ने? रनभुल्लमा थिइन्। कल्पलताको मनमा चिसो पसेको थियो। ३ दशकभन्दा बढी नर्स पेशामा आबद्ध उनको सरुवा रोग अस्पताल पोस्टिङ हुँदा मन नकुँडिएको भने होइन।

‘पहिला यहाँ आउँदा मनमा डर थियो। बिस्तारै बिरामीसँग नजिक हुँदै जाँदा डर हराउँदै गयो’, उनले सुनाईन्। परिवार तथा छिमेकीले सुनाउथेँ, ‘सरुवा रोग अस्पतालमा एचआइभी तथा अन्य सर्ने रोग लागेका मानिस आउँछन् काम जोखिमपूर्ण हुन्छ।’
तर, बिरामीसँगको सामिप्यता बढ्दै गएपछि उनको मनोबल बढ्यो।

यस्तो छ कल्पलताको नर्सिङ् यात्रा

२०१७ सालमा इटहरीमा उनको जन्म भयो। घर–परिवारमा छोरीलाई पढाउनु पर्छ भन्ने धारणा थियो। घर नजिकको जनता मावि विद्यालयबाट उनले एसएलसी पास गरिन्। फुपुको छोरीहरू नर्स पेसामा आबद्ध थिए। उनीहरूले कल्पलतालाई नर्स बन्न सल्लाह दिए। ‘उहाँहरूले मलाई साथ नदिएको भए आज यो स्थानमा सायदै पुग्थेँहोला,’ उनी भन्छिन्, ‘नर्सहरूले लगाएको पोसाकले केही हदसम्म आकर्षण गरेको थियो।’
उनले विराटनगरको नर्सिङ कलेजमा ३ वर्षे स्टाप नर्स अध्ययन सकिन्। त्यो समयमा नर्स पढ्ने एकदमै कम हुन्थे। उनी स्टाफ नर्सको अध्ययन सकिनासाथ धनकुटाको हेल्थपोस्टमा जागिरे भइन्।

करिब १ वर्षभन्दा बढी समय काम गरेरपछि पुर्वाञ्चलबाट लोकसेवा खुल्यो। २०४४ सालमा उनी आयोग पास भइन्। उनलाई सरकारले कोशी क्षेत्रिय अस्पताल खटायो। करिब ९ वर्ष उनले त्यहाँ सेवा गरिन्।

उनका श्रीमान् काठमाडौँमा विद्यावारिधी गर्दै थिए। उनी २०५३ सालमा वीर अस्पताल सरुवा भइन्। १८ वर्षसम्म वीर अस्पतालमा सेवा गर्दा गर्दै उनी ९औं तहमा पुगिन्। वीरमा ९औं तहको दरबन्दी खाली थिएन। उनलाई सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तान्यो। करिब १ वर्ष मन्त्रालयमा काम गर्ने मौका पाइन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दरबन्दी खाली भएपछि २०७३ उनको त्यहाँ सरुवा गििरयो।

पिपिई नहुँदा बिरामी हेर्न डर

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण सबैमा त्रास छ। नेपालमा पनि संक्रमित भएको पुष्टि भएपछि केही हदसम्म स्वास्थ्यकर्मी डराएका थिए। मुलुकको एक मात्र सरुवा रोग अस्पताल कोरोनाका बिरामी भर्ना भए। ‘जति बेला तत्काल पिपिई पाउने अवस्था थिएन, ‘उनी भन्छिन्,‘ आफू सुरिक्षत नभई बिरामी हेर्ने कहाँ जान सकिन्छ भनेर स्वास्थ्यकर्मीले विरोध समेत जनाएका थिए।’

सरुवा रोगका बिरामीको उपचारमा ज्यानको जोखिम मोलेर नै काम गर्नुपर्ने हुन्छ। अन्य अस्पतालले बिरामी भर्ना लिन मानेनन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा नजिकै रहेको कारण केही पीपिई स्वास्थ्यकर्मीलाई काम गर्ने सजिलो भएको उनी सुनाउछिन्।
कोरोना बिरामी उपचारमा विशेष सावधानी भने अपनाउनुपर्ने हुन्छ। यस्तो बिरामीलाई उपचार गर्न जाँदा एल आकारमा बस्ने, दुरी कायम गर्नुपर्छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मी त्रासमा कारण उपचारको बारेमा तालिम दियो। जस कारण धेरै स्वास्थ्यकर्मीको मनोबल बढ्न गएको उनी बताउछिन्।

एचआइभीका बिरामीलाई अस्पताल घर जस्तै

सरकारले कोरोनाका बिरामी मात्र सरुवा रोग अस्पतालमा राख्ने निर्णय गर्यौ। तर, एचआइभी संक्रमति बिरामी अस्पतालबाट बाहिर निस्कनुपर्ने भयो। ‘४–५ वर्षसम्म घर जस्तै ठानेर बसेका बिरामीलाई सिधै कहाँ जहा भन्न सकिन्छ’, उनी भन्छिन्, ‘न त उनीहरूको घर छ, न त खाने बन्दोबस्त नै।’

बिरामी पनि सहजै रुपमा अस्पताल छोडेर जाने अवस्थामा थिएनन्। धेरैलाई काउन्सिल नै गरेर पठाउनु परेको उनी बताउँछिन्। एचआइभीका बिरामीको उसै त इमिनियुटी पावर कम हुन्छ। महामारीको बेला अस्पतालमा उनीहरूलाई राख्नु पनि जोखिमपूर्ण भएको उनले बताइन्।
जब नर्सलाई नोकर जस्तै व्यवहार गरिन्थ्यो

काम गर्दा मानिससँग अनगिन्ती पीडा र खुशी हुन्छन्। उनी भित्र पनि थुप्रै खुशी र पीडाका च्याङ् छन्। एक पटकको घटना हो, १२ वर्ष उमेरको बालकको जीउमा ठूलो घाउ थियो। मासु सबै गएर हडी मात्र देखिएको थियो, उनी सुनाउँछिन्, ‘परिवारले मरोस भनेर छोडेर हिडेका थिए।’

पहिला पहिला नसको काम सबै आम मानिसले बुझ्न सकेका थिएनन्। नर्सलाई नोकर जस्तै व्यवहार गर्ने गरेका ती घटना आज पनि उनको मानसपटलमा ताजै बनेर बसेका छन्। ‘बिरामीका आफन्तले गिलाससमेत पखालेर ल्याइदेउ भन्थे, उनी भन्छिन्, ‘अशक्त बिरामीका लागि सेवा नै ठूलो धर्म हो, तर बिरामीका आफन्त हुँदाहुँदै पनि यस्तो व्यवहारले मन चसक्क हुथ्यो।’

उनले कुनै दिन यस्तो व्यवहारले नर्सिङ् पेसा किन अंगाले हुँ पनि लाग्थ्यो। तर, अहिले मानिसको मानसिकतामा परिवर्तन आएको उनको बुझाई छ।

कोशी क्षेत्रीय अस्पतालमा काम गर्दा उनी डेलेभरी वार्डमा काम गर्थिन्। कहिँलेकाही रातीको समयमा ड्यटी पर्ने गथ्यौँ। विशेषगरी माडवारीले छोरा पाएको सुनेपछि सम्पूर्ण अस्पतालमा रहेका स्वास्थ्यकर्मीलाई मिठाई बाड्ने गरेको उनी सुनाउँछिन्।

मरोस् भनेको बालकलाई ठिक पार्न सकियो

काम गर्दा मानिससँग अनगिन्ती पीडा र खुशी हुन्छन्। उनी भित्र पनि थुप्रै खुशी र पीडाका च्याङ् छन्। एक पटकको घटना हो, १२ वर्ष उमेरको बालकको जीउमा ठूलो घाउ थियो। मासु सबै गएर हडी मात्र देखिएको थियो, उनी सुनाउँछिन्, ‘परिवारले मरोस भनेर छोडेर हिडेका थिए।’
करिब ३ महिनाको उपचारपछि बालकलाई ठीक भयो। भारत घर भएका कारण फकाउन सक्ने अवस्था भएन। ठीक भएपछि बालकले अस्पताल भित्र नै काम पाए। केही समयपछि भारतबाट आएका साँधुसँग घर फिरे। ‘मरोस भनेर हिडेको बालकलाई ठीक बनाउन सकियो’, उनी भन्छिन्, ‘यस्ता कुराले मन आनन्द मिल्छ।’

झाडापखलाका बिरामी आउने अस्पताल सोच्छन्

अझै पनि जनमानसमा झाडापखलाको अस्पतालको रुपमा हेर्ने रहेको उनको भनाई छ। ‘अहिले अस्पताल सिजनल अस्पताल जस्तो भएको छ’, उनी भन्छिन्, ‘डेंगु तथा यस्तै महामारी आएको बेला मात्र बिरामी हुन्छन्।’

अन्य बेलमा अस्पतालका बेड खाली हुन्छन्। एउटा वार्डमा ४० वटा बेड छ भने त्यसमा ४–५ जना मात्र बिरामी हुन्छन्।

सरुवा रोग अस्पतालभन्दा पनि जनर्रल अस्पताल बनाइयो भने जनताहरूले सेवा पाउने उनी बताछिँन्। ‘बालरोग विशेषज्ञ, अथोपेर्डिक, छालारोग विशेषज्ञ हुनुहुन्छ, तर मानिसहरूमा सरुवा रोगले मात्र चिन्छिन्’, उनी भन्छिन्, ‘यहाँ त सरुवा रोग बेड, जनशक्ति पनि छ। तर, जनताहरू सेवा लिन आउँदैनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय