नेपाल एम्बुलेन्स सेवा १०२ र कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटीबीच सम्झौता

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७६ चैत २७ गते १९:४७

कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाकालागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो ।

सीसीएमसीका संयोजक सचिवश्री लक्ष्मण अर्याल र नेपालएम्बुलेन्स सेवाकाअध्यक्षश्री रञ्जीतआचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्यतथा जनसंख्यामन्त्रालयका सहसचिव डा.श्री गुणराजलोहनी र का.म.पा.का प्रशासनविभागप्रमुखश्री नमराज ढकालले पनि उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्रओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवाप्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ ।

यस कार्यका लागि सबै सुविधा सहितकानासका ५ वटा एम्बुलेन्स संचालनगरिनेछ जसमाइमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ ।  साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।

विश्वभरि फैलिरहेको कोरानाभाइरसको महामारीले सबैलाई त्रसितबनाएको छ । यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवाआभारी छौं, नासकाअध्यक्ष रञ्जीतआचार्यले भने,‘ नासले यसैपनि कोरोनाको पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यकसम्बन्धिततालिमदिई सेवापुर्याइ छ ।’

अब जस्तो सुकै विपदमापनिआकस्मिक सेवा सहितको २४ सैतै घण्टा सेवाप्रदानगर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार रहेको आचार्य बताउँछन् ।

नेपालएम्बुलेन्स सेवाले सन् २०१० मा संचालनमाआएदेखि हालसम्म ५०,००० भन्दा बढि बिरामीहरुलाई सेवा पु¥याइसकेको छ भने ५५ वटा भन्दा बढि शिशुको जन्म एम्बुलेन्समै स्वास्थ्यकर्मीले सुरक्षित डेलिभरी गराएका छन् । अहिले १० वटा एम्बुलेन्स काठमान्डौ उपत्यकालगायतचितवन, बुटवल र पोखरामा सन्चालनगरिरहेकोमा निकट भविष्यमा संस्थाले देशका ७ वटै प्रदेशमा सेवा संचालनगर्ने लक्ष्यलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय