विराटनगरमा पनि कोरोना परीक्षण तयारी, शुक्रबारदेखि सुरु हुने

हेल्थपाेस्ट/बिराटनगर
प्रकाशित
२०७६ चैत २७ गते १९:३२

कोरोना भाइरस (कोभिड-१९) का शंकाष्पद बिरामीको नमुना परीक्षणका लागि विराटनगरमा पनि तयारी सुरु गरिएको छ।

त्यसका लागि आवश्यक उपकरण र केमिकल आज हेलिकोप्टरबाट विराटनगर आइपुगेको प्रदेश १ का समाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए।

यहाँको कोशी अस्पताल विराटनगरबाट शंकाष्पद व्यक्तिको नमुना परीक्षणका भोलि (शुक्रबार) देखि नै तयारी गरिएको उनले बताए।

‘यो अस्पतालबाट दैनिक करिब ९६ जनाको नमुना संकलन गर्न सकिने छ। सुनसरी धरानबाट अहिले दैनिक करिब २० जनासम्मको नमुना संकलन भइरहेको छ,’ उनले भने।

उनका अनुसार विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सयजनाको नमुना संकलन गर्न पुग्ने केमिकल ल्याइएको छ।

शुक्रबार झापा मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाइनमा बसिरहेकाको आरडिटी सुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए। आरडिटीका लागि प्राविधिकलाई तालिम दिइसकिएको छ। आरडिटीमा शंकाष्पद देखिएमा कोरोना परीक्षण हुने र पहिलो चरणमा ५ हजारको टेस्ट गरिने यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय