काेराेना कहर : इलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको समय बढाइयाे

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत २७ गते १८:४२

नेपाल क्लियरिङ हाउस लिमिटेडले इलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको समय बढाएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले बुधबार विज्ञप्ति निकाल्दै इलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको दैनिक कामको समय बढाएको जानकारी दिएको छ। यसअघि ११ः३० बजेसम्म मात्रै भुक्तानी र क्लियरिङको काम हुँदै आएको थियो।

दैनिक समय तालिकाअन्तर्गत ११ः३० बजेसम्म जम्मा गरिएका चेक १ः३० सम्म र १ बजेसम्म प्राप्त भएका अन्तरबैंक भुक्तानी सोही दिन भुक्तानी फछर्यौट हुनुका साथै उक्त समय सीमापछि प्रणालीमा आएका कारोबार अर्को दिनमा हुनेछन्।

चैत्र मसान्तमा अत्यावश्यक सेवासुविधा अन्तर्गतका भुक्तानीको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो साताका लागि क्लियरिङ र सेटलमेन्टको समय परिवर्तन गरिएको हाउसले जनाएको छ।

एनसिएचएलको कनेक्ट आइपिएसबाट भने साबिकको समयबमोजिम चौबिसै घन्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक, वित्तिय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्न सकिने छ।

लकडाउनका बेला एनसिएचएलले पहिलो र दोस्रो साता क्रमशः १८.६ अर्ब र ३५.६ अर्बबराबरको कारोबार फछर्यौट गरेको हाउसले जानकारी दिएको छ। क्लियरिङ हाउसले हाल इलेक्ट्रोनिक चेक क्लियरिङ, अन्तरबैंक भुक्तानी प्रणाली, कनेक्ट आएपिएस, कनेक्ट आरटिजिएस र एनपिआइ गरी पाँचवटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ। जसमा नेपाल राष्ट्र बैंकलगायतका सबै बैंक वित्तिय संस्था आबद्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय