भारतका क्वारेन्टाइन पुगेर फर्किएका सांसद र पत्रकार ‘सेल्फ’ क्वारेन्टाइनमा

‘भारतको क्वारेन्टाइनमा रहेका नेपालीहरुको अवस्था बुझ्न’ गएर फर्किएका सांसद प्रदीप यादवसहित दुई जना पत्रकारलाई क्वारेन्टाइनमा राखिएको छ।

भारतीय क्वारेन्टाइनमा रहेका नेपालीकाे अवस्था बुझ्न गएका सा‌ंसद यादवसहितकाे टाेली ।

गृहमन्त्रालयले समेत उनीहरुलाई क्वारेन्टाइनमा राख्नका लागि पत्राचार गरेको थियो।

भारतको रक्सौल स्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुको अवस्था बुझ्न उनी त्यहाँ गएका थिए।

पर्साका प्रमुख जिल्ला अधिकाकारी बिष्णु कुमार कार्कीका अनुसार सांसद यादवसहित उनीसँग सिमापारी गएका दु्ईजना पत्रकार र एकजना ड्राइभरलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।

यादव समाजवादी पार्टीबाट पर्सा क्षेत्र नं. १का सांसद हुन्।

लकडाउनका बेलासमेत भारतको क्वारेन्टाइन पुगेका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न माग समेत उठेको थियो ।

बिहीबार बिहान गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेपछि अहिले सांसद यादव सहित चारैजनालाई क्वारेन्टाइनमा राखिएको प्रशासनले जनाएको छ।

भारतीय क्वारेन्टाइनमा रुकुमका १२ जना पुरुष, एक महिला र करिव एक वर्षका बच्चा रहेका छन्। समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा उनीहरुलाई भेटेर फर्किएका थिए।

उनीहरु सबैलाई यहीँको अस्पतालमा सामान्य स्वास्थ्य चेकजाँच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय