कैलाली र कञ्चनपुरबाट संकलित ६६ नमुनाको रिर्पोट नेगेटिभ, प्रदेशमा ५ हजारका दरले र्‍यापिड टेस्ट किट पठाइयो

कोरोनाका आशंकमा कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण संक्रमण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याइएको थियो ।

डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६६ वटा नमुना परीक्षण रिर्पोट आएको छ भने बाँकीको नमुना परीक्षण हुँदै छ ।
अहिलेसम्म जम्मा २ हजार ८ सय ९५ जनाको कोरोना भाइरस नुमना परीक्षण जाँच गरिएको उनले बताए । साथै, प्रत्येक प्रदेशमा ५ हजारका दरले र्यापिड टेष्ट किट पठाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय