शुक्रबार र शनिबार राजधानीबाहिर जान पाइने, आउन भने नपाइने

हेल्थपोस्ट नेपाल

सरकारले राजधानीमा बसिरहेकालाई शुक्रबार र शनिबार राजधानीबाहिर जान दिने निर्णय गरेको छ।

बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकले राजधानीमा रहेका नागरिकलाई जान दिने निर्णय गरेको हो।

रक्षा मन्त्रालयका अनुसार राजधानीबाहिरबाट भने आउन दिइने छैन। राजधानीबाहिर जानेलाई भने सरकारले गाडी स्कर्टिङ गरेर पठाउने वा के गर्ने भन्ने विषयमा उच्च तहमा छलफल भइरहेको स्रोतले जनायो।

यसबारे गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने भनिए पनि यकिन भइनसकेको गृह स्रोतले बतायो।

कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेको आज १७ दिन पुगेको छ।

लकडाउनका कारण राजधानीबाट धेरै मान्छेहरू बाहिर जान सकेका छैनन्। लकडाउन लम्बिँदै गएपछि मान्छे पैदल हिँडेरै राजधानी छाेड्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो।

सार्वजनिक सवारी सञ्चालन हुँदा सामाजिक दूरी भने कायम हुन चुनौती छ। यस्तो अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *