कोरोना विरुद्ध लड्न सरकारलाई होन्डाको दाेस्राे सहयोग

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत २७ गते १५:४४

कोराना भाइरस संक्रमणको महामारी चलिरहेको बेला स्याकार ट्रेडिङ्ग कम्पनि प्राइभेट लिमिटेड कम्पनीले सरकारलाई दोस्रोपटक सहयोग गरेको छ।

नेपालका लागि होन्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले कोरोना महामारी विरुद्धको अभियानमा सरकारलाई दिनका लागि बुधबार सार्वजिक स्थानहरुमा किटानसक औषधि छर्कनका लागि भन्दै ७ लाख बराबरको १० थान होन्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सहयोग गरेको हो।

कोरोना भाइस संक्रमणको विषम परिस्थितीमा सहयोगले भाईरसलाई केहि हदसम्म नियन्त्रण तथा रोकथाम गर्न भुमिका खेल्ने भन्दै स्याकार ट्रेडिङ्गका अध्यक्ष सौरभ ज्योतिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ उक्त सहयोग प्रदान गरेका हुन्।

महामारीको समयमा सरकारलाई सहयोग गर्न पाएकोमा खुसी मिलेको भन्दै अध्यक्ष ज्योतिले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन्।

स्याकार ट्रेडिङ्गले यसअघि पनि महामारीको निन्त्रण तथा रोकथाममा सहयोग पुग्ने भन्दै सरकारलाई सहयोग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय