नेपाल स्वास्थ्य स्वंयसेवक संघले भन्यो- ‘पर्याप्त व्यक्तिगत सुरक्षा तथा बिमाको व्यवस्था होस्’
कोरोना भाइरस नियन्त्रण जनचेतना फैलाउन महिला स्वयंमसेविकाले समुदायस्तरमा परिचालित हुन तयार रहेको बताएका छन्।
नेपाल स्वास्थ्य स्वयसेवक संघले बिहिबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई महिला स्वयंसेविकाको भूमिका र कर्तव्य, सेवा–सुविधाबारे स्पष्ट पार्न अनुरोध गरेको छ। काम गर्नुअघि नै तालिमको व्यवस्था गर्न सरकारलाई माग पनि गरेको छ।
‘कोरोना भाइरससम्बन्धी ज्ञान र सिपमा अभिवृद्धि गर्ने, पर्याप्त व्यक्तिगत सुरक्षाको सामानको व्यवस्था गर्ने, बिमाको व्यवस्था गर्न सरकारसँग माग रहेको छ,’ विज्ञप्तिमा छ, ‘खाली पेटमा वा भोकभोकै काम गर्न परिरहेको हालसम्मको अवस्था पनि अन्त्य होस्।’
नेपालमा हाल ५० हजारहाराहारीमा महिला स्वयंसेविका छन्।