हेल्थ असिस्टेन्टको प्रधानमन्त्रीलाई पत्र : ‘सर्जिकल मास्क चार चोटी धोएर लगाउँदै छु’

सम्माननीय प्रधानमन्त्री ज्यू,

ग्रामीण तहको स्वास्थ्यकर्मी र सजक नागरिक समेत भएको हैसियतले तपाईंलाई यो केही सुझाव दिन चाहन्छु। केही अनुरोध र प्रश्नसहितको पत्र लेख्दै छु।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र भयावह अवस्था,  देशभित्रै बढ्दो संक्रमण, अनि उच्चस्तरीय समितिको ‘सफल’ र ‘असफल’ प्रयासहरूबीच तपाईंबाट राष्ट्रको नाममा मंगलबार सम्बोधन भयो।

सम्बोधनमा ‘सफल’ कदमको सप्रसंग व्याख्या,  हालसम्मको रिपोर्ट सार्वजनिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको अथक प्रयासको सराहना गर्दै केही आर्थिक प्याकेजबारे पुन: जानकारी गराउनु भएकोमा धन्यवाद।

तपाईं यो देश अनि तीन करोड नेपालीको अभिभावकसमेत भएको हैसियतले कम्तीमा सम्बोधनमा यति प्रश्न र आशंकाका उपर जवाफ, असफल भएका रणनीतिहरूको जवाफ, राजनीतिक खिचातानी, सरकारमाथिका आरोपउपर जवाफ र सम्बोधन हुन सक्ने कुराहरूको परिपूर्ति हुन्छ भन्न अपेक्षा थियो।

प्रमज्यू, मैले देखेका र भोगेका केही विषय बुँदागत रूपमा उल्लेख गर्न चाहन्छु।

१. हिजोसम्म कति वटा स्वाब परीक्षण जाँच गरियो? कति पोजिटिभ/नेगेटिभ देखियो भनेर रिपोर्टिङ गर्ने हो त? अब एक हप्ताभित्र पचास हजार जनाको जाँच परीक्षणका लागि के हुँदै छ? पहिलो देखिएको ७० दिन हुँदासम्म अझै हामी किन अपुरो तयारीकै अवस्थामै छौं भन्ने प्रष्ट हुन पाए हुन्थ्यो।

२. प्रमजीले महत्त्वपूर्ण समय केवल हिजोसम्मका रिपोर्ट, पत्र-परिपत्र बाचन गर्नलाई खर्च नगर्नु भएको भए हुन्थ्यो। नेपाली अर्थतन्त्रमा परेको प्रभाव, कृषक, पशुपालक, व्यवसायी र हरेक क्षेत्रलाई आज नै यो दिन्छु भनेर नभने पनि यो महामारीपछि सक्दो समस्याको सम्बोधन गर्ने कोसिस गरिनेछ र सकेसम्म थप राहतको कोसिस हुने छ भनी भन्नुभएको भए मात्र पनि थोरै राहत मिल्थ्यो कि!

३. देशको सहज स्थानका स्वास्थ्य संस्थाहरूमा समेत इन्फ्रारेड थर्मोमिटरसम्म छैन। पिपिईको अभाव उस्तै छ। भएका पिपिईमा एन-९५ मास्क छैन। म लगायतका स्वास्थ्यकर्मी ज्वरोका बिरामी जाचौं-नजाचौं अन्यौलमा छौं। दस वटा ल्याब स्थापना हुनु उपलब्धी हुन सक्छ तर यो पर्याप्त हैन। आम जनताको परीक्षण र स्क्रिनिङको व्यवस्था कहिलेसम्म हुन्छ? सुन्न पाइएन।

टेकु अस्पतालमै पिपिई बचाउन कर्मचारी २४ घन्टा ड्युटी गर्दैछन् भन्ने सुनिन्छ। किनकि, यो एक पटक प्रयोग गरेपछि पुन: प्रयोग गर्न मिल्दैन। पुन: प्रयोग गर्न नमिल्ने सर्जिकल मास्क चार चोटी धोएर लगाउँदै छु। खटाइने महिला स्वास्थ्य स्वयम् सेविकाले नि यही पिपिई लाउने हो? अनि घर-घर गएर ज्वरो केले नाप्ने हो? त्यही पुरानो डिजिटल थर्मोमिटरले? यसरी त कोही बिरामी रहेछ भने झन् धेरैलाई सर्ने सम्भावना रहन्छ।

४.स्वास्थ सामग्रीमा घोटालाको कुरा छताछुल्ल भयो। अख्तियारको छानबिन र सर्वोच्चमा मुद्दा विचाराधीन छ। अहिले नै कसैलाई कारबाही गर्ने बेला त हैन। भएको भए पनि भताभुङ्ग हुने हो कि भन्ने डर लाग्छ। यो मन्त्री, कर्मचारी परिवर्तन गर्ने बेला पनि हैन। भएकालाई उपयुक्त ढंगले तह लगाएर काम अराउने बेला हो। कमसेकम जो-जो यसमा संलग्न छन् उनीहरूलाई आवश्यक कारबाही गरिने छ, छोडिने छैमसम्म भन्न सक्नु पर्थ्यो तपाईंले।

हामी पनि छाती फुलाएर अरु जे-जस्तो भए पनि प्रमज्यू त ठिक हुनुहुन्छ, विस्तारै पद्धति पनि ठिक हुन्छ भन्न सक्थ्यौं नि! यो सम्बोधनमा आर्थिक अपारदर्शीतामाथि हजुरले किन आँखा चिम्लिनु भयो? हरेक कुरामा सेनाको प्रवेश किन हुँदैछ? भन्ने प्रश्न छ। धेरैले सेनाबाट पारदर्शी काम हुन्छ भनेका छन् तर सेनामा अख्तियार पुग्दैन। यसको जवाफ कहिलेसम्म पाउँछौं?

निजी क्षेत्रका अस्पतालहरूले हाल सामान्य बिरामी पनि लिइरहेका छैनन्। सरकारी अस्पताल बिरामीको चापले आफैं सिकिस्त हुँदैछ। आइसियु र भेन्टिलेटर पर्याप्त छैन? आउँछ रे, तर कहिलेसम्म? कि नेपाली उखान ‘मरेपछि उपचार’ हुने हो? यस्तो बेलामा पनि सहयोग नगर्ने निजी क्षेत्रलाई कारबाही हुन्छ कि हुन्न होला प्रमज्यू? कि अझै पनि सरकार मेडिकल माफियाकै चपेटामा छ?

५. यो महामारीमा लकडाउनकै कारण संक्रमण दर कम छ। तर, लकडाउन पनि प्रभावकारी हुन सकेको छैन। यो भनेको ५ बजेपछि खुल्ने हडतालजस्तो होइन। लकडाउन र बजार व्यवस्थापन प्रभावकारी गर्नुपर्ने छ। साथै लकडाउन लागू गरेर मात्रै पनि हामी सफल हुन सक्दनौं। जबसम्म धेरै परीक्षण र टेष्टका कुरा हुँदैनन्, कोरोना स्टेज-३, ४ को व्यवस्थापनको योजना तथा तयारी सही ढंगमा सञ्चालन हुँदैन, तपाईंलाई रिपोर्टिङ गर्ने र सल्लाह दिने सल्लाहकार ज्यूहरूले जे-जे भने पनि हामी कोरोनासँगको युद्दमा धेरै पछाडि छौं प्रमज्यू।

६. निजी क्षेत्रका अस्पतालहरूले हाल सामान्य बिरामी पनि लिइरहेका छैनन्। सरकारी अस्पताल बिरामीको चापले आफैं सिकिस्त हुँदैछ। आइसियु र भेन्टिलेटर पर्याप्त छैन? आउँछ रे, तर कहिलेसम्म? कि नेपाली उखान ‘मरेपछि उपचार’ हुने हो? यस्तो बेलामा पनि सहयोग नगर्ने निजी क्षेत्रलाई कारबाही हुन्छ कि हुन्न होला प्रमज्यू? कि अझै पनि सरकार मेडिकल माफियाकै चपेटामा छ?

७. सरकारले महिला स्वास्थ्य स्वयम् सेविका खटाउने कुरा सुनिन्छ। तर, धेरै सेविकाहरू बृद्ध र जोखिम उमेर समूहका छन्। कोरोना सम्बन्धी ज्ञान कम भएका छन्। कोही काम नै नगर्ने पनि छन् होला। अर्कोतर्फ, शिक्षित धेरै स्वास्थ्यकर्मी बेरोजागार छन्, सुरक्षा र प्रोत्साहनको उचित व्यवस्था भएमा सेवा गर्न तत्पर छन्। उनीहरूलाई खटाउँदा उचित हुन्छ कि?

८. एकै अस्पतालबाट कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्नु आत्महत्या निम्त्याउनुजस्तै हो। कोरोना संक्रमितको उपचार गर्ने अस्पतालबाट हाललाई अन्य बिरामीको उपचार नगर्ने प्रबन्ध गर्नु जरुरी छ भने थप कोरोना अस्पताल बनाउनु पर्नेछ। इटालीले गरेको भुलबाट सिकेर अगाडि बड्नुपर्छ। तुरुन्त यसको प्रबन्ध गरौं प्रमज्यू।

यी बुँदाहरूमा प्रमज्यूबाट विचार हुने अपेक्षा गरेको छु। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र फ्रन्टलाइनमा खटिएका सबैको सामाजिक, आर्थिक, पारिवारीक सुरक्षाको प्रत्याभूति प्रदान र प्रशंसा गरिदिनु भएकोमा धन्यवाद प्रमज्यू।

(हेल्थ असिस्टेन्टकठार स्वास्थ्य चौकीखैरहनी चितवन)

One thought on “हेल्थ असिस्टेन्टको प्रधानमन्त्रीलाई पत्र : ‘सर्जिकल मास्क चार चोटी धोएर लगाउँदै छु’

  1. Dear Health assistant sir, Tests are not easy as you have understood. It needs complex process and expertise. Nepal is doing its best and at the end of this week it will test more than in India. You can use face mask after cleaning it its main principle is to create a barrier. You dont need N95 mask. You can use thermometer but you need to disinfect with alcohol and never ever use in mouth but after disinfecting with alcohol. it is easy to blame and to criticize but difficult to do. as you can not diagnosed every case and you can not do everything similarly all have its own limitation.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय