अवैतनिक दूतहरूको गाडीमा नीलो नम्बर प्लेट र झन्डा राख्न रोक

सरकारले नेपालमा सक्रिय अवैतनिक महावाणिज्य दूतहरूको गाडी सुविधा खोसेको छ। व्यवसायी सुलभ अग्रवाल गाडीसहित कालोबजारीमा संलग्न भेटिएपछि परराष्ट्र मन्त्रालयले यस्तो निर्णय लिएको हो।
सरकारले अवैतनिक दूतहरूलाई आफ्नो सवारीसाधनमा नीलो नम्बर प्लेट र सम्बन्धित देशको झन्डा राख्न दिएको थियो। परराष्ट्र मन्त्रालयले बुधबार यो सुविधा निलम्बन भएको विज्ञप्ति जारी गरी जनाएको हो।
अग्रवाल किर्तिगिस्तानका लागि महावाणिज्य दूत थिए। उनी ६७ थान थर्मल गनसहित मंगलबार नक्सालबाट समातिएका थिए। अग्रवाललाई कालोबजारी ऐन अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
२०९ एचसीसी १ नम्बरको गाडीमा अग्रवालले ६७ थान थर्मल गन ल्याएका थिए। कसैले चेकजाँच नगर्ने हुनाले अग्रवाललाई कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी गर्न सजिलो भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय