कक्षा ११ र १२ को परीक्षा स्थगित
कोरोना भाइरस संक्रमण महामारीका कारण कक्षा ११ र १२ को परीक्षा स्थागित गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले सोमबार सूचना प्रकाशित गर्दै कोरोना भाइरस संक्रमण महामारीका कारण पूर्वनिर्धारित समय तालिकाअनुसार वैशाख ८ देखि कक्षा ११ र २१ देखि हुने भनिएको १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थागित गरिएको जानकारी दिएको हो।
कोरोना भाइरस संक्रमणका कारण देश लकडाउन गरिएको छ। महामारीको यस्तो विषम परिस्थितिमा सार्वजनिक स्वास्थ्यको ख्याल गर्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मिति सारेको हो।
भाइरस संक्रमण महामारीबाट जोगिन सावधानी अपनाई सामाजिक दुरी कायम गर्ने उद्देश्यले परीक्षा मिति सारिएको बोर्डले जनाएको छ। परीक्षा मिति सारिएको भए पनि विद्यार्थीलाई स्वअध्ययन गर्न आग्रह गर्दै बोर्डले भाइरस महामारी घटी जनजीवन सामान्य भएपछि शीघ्र परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ।