कोरोना विश्व कहर : ८८ हजार ४ सय ४१ मृत्यु,  १५ लाख १७ हजार ९५  संक्रमित

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट २४ घन्टामा ६ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ। योसँगै यसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ पुगेको छ।

बिहीबार बिहानसम्म सात बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ लाख १७ हजार ९५ पुगेको छ। बुधबार एकै दिन ८२ हजार ७०३ नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्मको तथ्यांकअनुसार संक्रमित ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन्।

अमेरिकामा बुधबार कोरोना संक्रमणबाट १९ सय १६ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार नाघेको छ।

मृतकको संख्या १४ हजार ७५१ पुगेको छ। बुधबार एकैदिन त्यहाँ ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि बुधबार युकेमा धेरैको मृत्यु भएको छ। त्यहाँ बुधबार ९३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ७ हजार नाघेको छ।

त्यसैगरी बुधबार स्पेनमा ७४७ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १४ हजार ७ सय ९२ पुगेको छ। इटालीमा हिजो ५४२ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १७ हजार ६६९ पुगेको छ। फ्रान्समा बुधबार ५४१ जनाको मृत्यु भएको छ।

त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८६९ पुगेको छ। जर्मनीमा बुधबार ३३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या साढे २३ सय पुगेको छ भने संक्रमित १ लाख १३ हजार नाघेको छ।

त्यसैगरी बुधबार बेल्जियममा २०५, इरानमा १२१, ब्राजिलमा १३४, नेदरल्यान्डमा १४७, स्वीडेनमा ९६, टर्कीमा ८७, स्वीटजरल्यान्डमा ७४, क्यानाडामा ४६, पोर्चुगलमा ३५, अस्ट्रियामा ३०, आइरल्यान्डमा २५, पोल्यान्डमा ३०, रोमानियामा २३, इक्वेडरमा २२, इन्डोनेसियामा १९, मेक्सिकोमा १६ जनाको मृत्यु भएको छ। छिमेकी देश भारतमा कोरोना संक्रमणबाट बुधबार १८ जनाको मृत्यु भएको छ।

त्यहाँ अहिलेसम्म मृतकको संख्या १७८ र संक्रमितको संख्या ५९ सय १६ पुगेको छ। चीनमा भने बुधबार कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएन। नयाँ संक्रमित नथपिएपछि कोरोनाको उद्गम थलो चीनको वुहानको जनजीवन सामान्य बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय