जिल्ला कोरोनाको उच्च जोखिममा रहेको भन्दै रेडक्रस कैलाली सक्रिय

हेल्थपाेस्ट/धनगढी
प्रकाशित
२०७६ चैत २७ गते ८:३०

विश्वव्यापी माहामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरसको जोखिम जिल्लामा उच्च रहेको भन्दै नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले आफ्ना गतिविधिमा तीव्रता दिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरण भन्दै कैलाली शाखाले विभिन्न माध्यमबाट जनचेतानमूलक गतिविधि सञ्चालन गरेको केन्द्रीय सदस्य तथा शाखाका सभापति उत्तम जोशीले बताए ।

रेडक्रस कैलालीले सरकारले घोषणा गरेको लकडाउनलाई आत्मसात गर्दै आफ्ना गतिविधि अगाडि बढाएको उनको भनाइ छ ।

कोरोना भाइरस सम्बन्धी उत्पन्न हुने परिस्थितिलाई आंकलन गरेर सरकारद्वारा कैलाली जिल्लाको विभिन्नस्थानमा स्थापना गरिएका निगरानी कक्ष व्यवस्थापन गर्न विभिन्न सामग्री समेत उपलब्ध गराइएको उनले बताए । विभिन्न निकायबाट माग भएअनुसार जिल्ला शाखासँग रहेका सामाग्री पठाएर सहयोग गरिएको रेडक्रस कैलालीकका कार्यक्रम अधिकृत नरेन्द्र भट्टले बताए ।

डाक्टर र सरोकारवालहरुसँग रेडियो कार्यक्रम, कोरना सम्बन्धि जनचेतनामुलक समुदायमा छलफल तथा अभिमुखिकरण कार्यक्रम, कोरना सम्बन्धि सुचनामुलक ब्यानरहरू सार्बजनिक स्थानमा राख्ने काम गरिएको कार्यक्रम अधिकृत भट्टले बताए ।

रेडक्रस कैलालीले १२ जना एम्बुलेन्स चालकहरूलाई व्यक्तिगत सुरक्षा तथा एम्बुलेन्सको सरसफइ सम्बन्धि अभिमुखिकरण र सबै स्थानीय निकायसँग निरनतर समन्वय तथा सहकार्य गरिरहेको सभापति जोशीले जानकारी दिए ।

हालसम्म रेडक्रस कैलालीले १७ थान त्रिपाल, ३ सय ९५ थान कम्बल, ३ सय ५० मच्छरदानी, ४ सय २ बाल्टिन, १ सय ७९ जग, ४ सय २९ साबुन, १५ वटा तौलिया, ३० थान ग्लोब्स र ६२ प्याकेट टिस्यु पेपरसमेत वितरण गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय