६ दिनमा ३८ शंकाष्पदको परीक्षण, सबै नेगेटिभ

कोरोना संक्रमण फैलिन नदिन ‘स्क्रिनिङ’ लाई तीव्रता दिनुपर्ने चिकित्सकहरूले बताइरहे पनि प्रादेशिक अस्पताल जनकपुरमा भने कोरोना जाँचले तीव्रता लिनसकेको छैन।

प्रादेशिक अस्पताल जनकपुरस्थित ल्याबमा ६ दिनमा जम्मा ३८ शंकाष्पदको कोरोना परीक्षण भएको छ। पिसिआर मेसिन जडान भएयता ६१ जनाको स्वाब संकलन गरिएकोमा बुधबारसम्म ३८ जनाको रिपोर्ट आएको हो।

प्रादेशिक अस्पताल जनकपुरमा जाँच गरिएको सबै शंकाष्पदको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए। यसैगरी यसअघि काठमाडौंको टेकु र धरानमा जाँच भएका शंकाष्पदहरूको रिपोर्ट पनि नेगेटिभ देखिएको उनले बताए।

अब प्रादेशिक अस्पताल जनकपुरमा ६१ जना कोरोना शंकाष्पदमध्ये २३ जनाको रिपोर्ट आउन बाँकी रहेको झाले जानकारी दिए।

प्रदेश २ मा अहिले क्वारेन्टाइनमा ९ सय ९, आइसोलेसनमा २१, होम क्वारेन्टाइनमा १ हजार १ सय ८४ जना छन्।

सबैभन्दा बढी रौतहटमा २ सय ४१ र सबैभन्दा कम सर्लाहीमा २५ जना क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यसैगरी सप्तरीमा २ सय २७, सिरहा १ सय २५, धनुषा ९६, महोत्तरी ५८, बारा ६० र पर्सामा ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

होम क्वारेन्टाइनमा सप्तरीमा ७०, सिरहा ७७, धनुषा ५६, महोत्तरीम ८ सय ७, सर्लाहीम ३०, रौतहट ३६, बारा ३० र पर्सामा ७८ जना छन्।
यसैगरी बारामा ११, पर्सा तीन र धनुषामा सातजना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय