२०७७ वैशाख १८ सम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी वैशाख १८ सम्मलाई सम्पूर्ण नियमित अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गरी नेपाल आउने र यहाँबाट हुने सबै नियमित अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख १८ गतेसम्मलाई स्थगित गरिएको प्राधिकरणका एयर ट्रान्सपोर्ट डिभिजन प्रमुख सचितभक्त पोखरेलले जानकारी दिए।

सबै अन्तर्राष्ट्रिय व्यापारिक उडान वैशाख १८ सम्म स्थगित गरिए पनि उद्धार, कार्गो, आकस्मिजस्ता उडान भने सम्बद्ध निकायको अनुमतिबाट निर्वाध सञ्चालन गर्न सकिने प्राधिकरणले जनाएको छ।

संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि सरकारले वैशाख ३ सम्म पूरै देश ‘लकडाउन’ गरेको छ। तर, प्राधिकरणले भने वैशाख १८ सम्मै सबै नियमित अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो।

यसअघि प्राधिकरणले चैत ११ बाट १८, २४ हुँदै वैशाख ३ गतेसम्म सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय