९६ घन्टायता भेटिएनन् संक्रमित, परीक्षणको दायरा बढाउँदै सरकार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला  १ हजार  ९ सय ६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको गरी अहिलेसम्म जम्मा २ हजार ३ सय ६६ जनाको कोरोना भाइरस परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २ हजार ३ सय ६६ जनाको नमुना परिक्षण भएको बताए ।

पछिल्लो विगत ९६ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छैनन् । उनका अनुसार नमुना परीक्षणको कामलाई दायरालाई विस्तार गरिएको छ ।

शनिबार भने एकैदिन ३ जना कोरोना संक्रमित भेटिएका थिए । त्यसयता कोरोना संक्रमित भेटिएका छैनन् ।

परीक्षणको दायरा बडाउँदै सरकार
सरकारले कोरोना भाइरस परीक्षणको दायर फराकिलो पार्दै उपत्यकाबाहिर ठूला मेसिन जडानको काम सुरु गरेको छ । प्रवक्ता देवकोटाका अनुसार बुधबार धनगढी, पोखरा र नेपालगञ्जमा ठूला मेसिन जडानको काम सुरु भएको हो ।

काठमाडौं उपत्यका बाहिरसमेत ठूलो संख्यामा कोरोना भाइरसको प्रयोगशाला परीक्षणका लागि विभिन्न स्थानमा ठूला मेसिन जडान हुँदैछन्’, प्रवक्ता देवकोटाले भने, ‘सुदूरपश्चिमको धनगढीमा, गण्डकी प्रदेशको पोखरा र प्रदेश नम्बर पाँचको नेपालगञ्जस्थित भेरी अस्पतालमा बुधबार ठूला मेसिन जडान कार्य हुँदैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय