वीर अस्पताललाई अमेरिका-नेपाल मेडिकल फाउन्डेसनद्वारा पिपिई बुथ हस्तान्तरण

विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको कारण स्वास्थ्यकर्मी सुरक्षाको अभावमा त्रसित भइरहेका छन् । सरकारले स्वास्थ्यकर्मीलाई सुरक्षा साम्रागी उपलब्ध गराउन नसकेको बेला अमेरिका–नेपाल मेडिकल फाउन्डेशन नामक संस्थाले खरिद गरेर वीर अस्पताललाई पीपीई बक्स अनुदान दिएको छ ।

सो पीपीई बक्स राष्ट्रिय आविष्कार केन्द्रले बनाएको हो । उपत्यकाभरका अस्पतालमा पीपीई बक्स हस्तारन्तरण गर्ने लागेका फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले बताए । उनका अनुसार बुधबार वीर अस्पताललाई पीपीइ बुथ हस्तान्तरण गरिएको छ ।

धेरै संख्यमा कोरोनाका आशंका बिरामीको स्वाब लिनको लागि प्रविधि उत्तम हुने डा.बस्नेतले बताउँछन् । आल्मुनियम र सिसाले बनेको ‘पीपीई बुथ’मा हावा पस्न नपाउने र कोरोनको बिरामी हेर्ने चिकित्सक केहि हदसम्म सुरिक्षत हुने डा. बस्नेतको भनाई छ ।

बुथको अगाडी भागमा दुईवटा प्वाल पारेर त्यसमा एयरटाइट हुने गरी दुईवटा ग्लोभ्स जोडिएका हुने पीपीई बुथ बनाउने इन्जिनियर डा. शंकर ढकालले जानकारी दिए । ‘पीपीई बुथबाट स्वास्थ्यकर्मीले ग्लोभ्सबाट हात छिराएर बिरामीको सजिलै जाँच गर्न सकिन्छ,’ ढकाले भने,‘ भित्रबाट स्वास्थ्यकर्मीले सामान्य कपडाले नै जाँच्न गर्न सक्छन् ।

उनका अनुसार एउटा पीपीई बुथ बनाउन करिब ६० हजार देखि १ लाखसम्म पर्ने आउँछ । यसअघि पनि फाउन्डेसनले २ दर्जनभन्दा बढी अस्पतालहरुमा ५ सय व्यक्तिगत सुरक्षा सामग्री –पिपिई सेट, १ हजार ३ सय वटा एन९५ मास्क वितरण गरेको छ ।

पूर्वमा संखुवासभा जिल्ला अस्पताल, धरान, विराटनगर, मेची, कोसी, पश्चिममा दाङ, चितवन, पोरखा, सुर्खेत, जुम्लासहित रौतहट र पाल्पा मिसन अस्पतालमा पनि पिपिई सेट वितरण गरेको थियो । त्यसैगरी, उपत्यकाका वीर, त्रिवि शिक्षण, कान्ति, गंगालाल, परोपकार प्रसुति गृह, पाटन र टेकूसहितका सार्वजनिक अस्पतालमा पनि पिपिई सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय