कोरोना अस्पतालमा मृत्यु : ११ दिनपछि बल्ल शव बुझे आफन्तले

हेल्थपोस्ट नेपाल

उपचारको क्रममा बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव ११ दिनपछि आफन्तले जिम्मा लिएका छन्।

मृतक बाबुराम र उनकी श्रीमति

प्रदेश ५ सरकारको पहलमा बाबुरामको शब ११ दिनपछि उठेको हो । प्रदेशको सामाजिक विकास मन्त्री सुदर्शन बराल र पिडित पक्षका बीचमा मानवअधिकारका क्षेत्रमा क्रियाशील व्यक्ति, पूर्व सांसद र उनका आफन्तले सहजीकरण गरेपछि शब उठाउने सहमति भएको हो।

११ दिनदेखि अस्पतालमा मृत्यु भएका बाबुरामको शब नउठेपछि पूर्व सभाषद विनोद पहाडी, गोविन्द खनाल, पदम कार्की, जगत पोखरेल, समुन्द्र जिसी लगायतले प्रदेश सरकारसँग सहजीकरण गरेका थिए।

सहजीकरणपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले उनका २ जना बच्चालाई कक्षा १२ सम्म निःशुल्क पठन पाठन गर्ने जिम्मा लिने, श्रीमती रीता थापालाईलाई सामाजिक विकास मन्त्रालयको संयोजनमा जागिरको व्यवस्था गर्ने राहतका लागि स्थानीय पालिकालाई समन्वय गर्ने सहमति भएको छ ।

ज्वरो आएपछि थापा १३ चैत्र गते बुटवल धागो कारखानामा संचालन गरिएको आइसोलेशन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा १६ चैत दिउसो मृत्यु भएको थियो । उनको स्वाब परिक्षणमा नेगेटभ रिर्पोट आएको थियो । पुर्व सभाषद तथा मानवअधिकारकर्मी विनोद पहाडीले सहमती पछि परिवारले आजै थापाको शव बुझेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *