लकडाउन गर्भधारणका लागि कति उपयुक्त?

सामाजिक दुरी र घरभित्रको बसाइ संसारभरकै लागि नयाँ दैनिकीका रूपमा विकास भएसँगै दम्पतीहरूले एकअर्कासँग समय बिताउन र माया साट्न प्रशस्त समय पाएका छन्।

यति जानेपछि एकअर्काका लागि साबिकभन्दा बढी नै समय मिलेका कारण दम्पतीहरूले सबैभन्दा पहिला त्यही गर्लान्, जसको परिणामस्वरूप उनीहरूको परिवारमा नौ महिनापछि नयाँ सदस्यको आगमन होला भनेर तपाईंले पनि अनुमान लगाउनुभयो होला।

तर, अमेरिकाका अर्थसचिव स्टिभ मुचिनले सम्भाव्य २० प्रतिशत रोजगारीमा आएको कटौतीको हालको कठिन परिवेशबारे औंल्याउँदै आफ्नो पेसा वा जागिर संकटमा परेका कारण दम्पतीहरूले अभिभावक बन्नेतर्फको यात्रालाई सुरू गर्नुपूर्व फेरि एकपटक सोच्ने मत राखे।

अर्कोतर्फ धेरैभन्दा धेरै दम्पती सम्बन्धविच्छेदतर्फ उन्मुख रहेको अवस्था पनि हालै प्रतिघाटित भएको छ। चीनमा एक विवाह दर्ता गर्ने अधिकारीका अनुसार क्वारेन्टाइनसँग सम्बन्धित पारपाचुकेको घटनामा वृद्धि आएका कारण घरभित्र ‘बन्दी’ को रूपमा अधिक समय सँगै रहनुपरेको परिबन्धले कयौं दम्पतीलाई राम्रोभन्दा बढी नराम्रो गर्ने जनाए।

तर, कोरोना भाइरसका कारण पैदा भएको संकट र हलचललाई मिलेर सामना गरिरहेका दम्पतीका लागि आफ्नो वंश अगाडि बढाउनतर्फ लाग्न के अहिले उपयुक्त समय हो?

साना संकटपछि जन्मदरमा बृद्धि  

‘आउने नौ महिनापछि नवजात शिशुको संख्यामा बृद्धि आउने कुराको अनुमान म गर्न सक्दिनँ,’ न्युयोर्कस्थित फङ्सनल मेडिसिन स्पेसलिष्ट डाक्टर रेनी वेलिन्सटाइनले सिएनएनलाई बताइन्।

उनका अनुसार अलि कम उग्र परिस्थिति जस्तै हिउँआँधीको समयमा निश्चित रुपमा नौ महिनापछि शिशुको जन्मदरमा बृद्धि आउने गर्दछ।

‘हिउँदे चिसोयामको बेला दम्पत्तिहरू आफूलाई घरभित्रै न्यायोमा राखेर समय बिताउने हुँदा त्यसको नौ महिनापछि नयाँ शिशुको आगमनमा बृद्धि आउनु स्वाभाविक हो,’ उनी अगाडि थप्छिन्।

उनको यस ‘क्लिनिकल’ अवलोकनलाई शैक्षिक अध्ययनहरूले पनि समर्थन गरेका छन्।

सन् २००७ मा टेक्सास विश्वविद्यालय र जोन हप्किन्स् विश्वविद्यालयका वैज्ञानिकहरूले तुलनात्मक रुपमा साना आँधीले विद्युत कटौती गर्दा जन्मदर बढेको तथ्य उजागर गरेका छन्। तर, मानिसको मृत्यु र भौतिक विनाश गराउने उच्च रुपमा उग्र आँधीको जन्मदरमा नकारात्मक प्रभाव पर्ने उनीहरूको अवलोकनले देखाएको छ।

तर उग्र प्रकोपले जन्मदर घटाउँछ

‘रोग, क्वारेन्टाइन र मृत्युले गर्भाधान, गर्भावस्था र जन्ममा व्यापक प्रभाव पार्दछ,’ इन्स्टिट्युट फर फेमिली स्टडिज्ले मार्चमा प्रकाशित गरेको लेखमा विद्धान लिम्यान स्टोनले लेखेका छन्।

पहिलेका शैक्षिक दस्तावेजहरूले धेरै संख्यामा मानिसहरूको ज्यान लिने घटनाहरू जस्तैस् भोकमरी, भूकम्प, तातो वायु र रोग लगायतले नौ महिनापछि जन्मदरमा कमी ल्याएको देखाएको उनले बताए।

अमेरिकाको हुरिकेन मारिया र कट्रिनाका साथसाथै सन् २०१५ मा लाइबेरिया, सियरा लियोन र गिनिँयाको समयपछि जन्मदरको प्रवृत्तिलाई स्टोनले नजिकबाट अध्ययन गर्दै त्यस्ता विपत्तिले जन्मदरमा नकारात्मक प्रभाव परेको उनको निष्कर्ष छ।

‘धेरै मानिसको मृत्यु गराउने घटना घटेको नौ महिनापश्चात् जन्मदरमा कमी आउने देखिएको छ,’ उनले अगाडि प्रष्ट्याएका छन्।

तर, यसको विपरीत पाटोलाई हेर्ने हो भने क्युवाको मिसाइल संकट र अमेरिकाको अक्लोहामा भएको बम बिस्फोट लगायतको घटनामा मानिसको भावना एवम् मनोदशमा परेको असरका कारण उनीहरूले आफ्नो दम्पत्तिसँग धेरै समय बिताएकाले त्यसको केही समयपश्चात भने जन्मदरमा अधिक बृद्धि आएको थियो।

अहिले गर्भाधारण गर्न कठिन हुनसक्छ

हल्का हिउँ, वर्षा वा आँधीको समयमा मानिसहरू रमाउने हुँदा दम्पत्तिहरू स्वाभाविक रुपमा ‘रोमान्स’तर्फ अग्रसर हुने गरे तापनि हालको विश्वमहामारीले भने उनीहरूलाई बेचैन र तनावग्रस्त बनाएको छ।

‘मानिसहरूको यौन चाहनामा कमी आएको छ भने महिलाको मासिक चक्र रोकिन सक्छ जसको कारण अहिलेको प्रकोपको समयमा महिलाहरूमा गर्भधारण नहुन पनि सक्छ,’ वेलिन्सटाइन भन्छिन्।

तर पनि आफ्नो परिवारको संख्या बढाउन चाहने दम्पत्तिहरूलाई कोभिड-१९ सम्बन्धी अनिश्चितता कायम रहिरहेकै कारण वेलिन्सटाइन अहिलेको परिस्थितिमा सो कदम ‘पटक्कै नचाल्न’ सल्लाह दिन्छिन्। ‘गर्भधारण गर्ने र गर्भवती हुने कामलाई केही समयको लागि लागि थाती राख्नु नै उचित हुन्छ,’ उनी सुझाउँछिन्।

उनको यस सुझावको पछाडि धेरै कारणहरू लुकेका छन्। सबैभन्दा पहिला त कोभिड-१९ का बिरामीहरू भर्ना हुने क्रम बढिरहेकाले विश्वभरिका अस्पतालहरूले भाइरस संक्रमितहरूलाई आफ्नो सेवामा प्राथमिकता दिने हुनाले अन्य विविध उपचारका लागि अस्पताल पुगेकाहरूको लागि यथोचित समय र स्रोतको व्यवस्थापन गर्न उनीहरूलाई हम्मेहम्मे परिरहेको छ। यसका साथसाथै पहिले नै गर्भवती भइसकेकी महिलाको प्रत्येक पटकको अस्पताल भ्रमणले अतिरिक्त जोखिमलाई निम्त्याइरहेको हुनसक्छ।

‘शिशुमाथि पर्नसक्ने अज्ञात प्रभावका कारण गर्भावस्थामा संक्रमणजन्य रोग लाग्नु दुर्भाग्यपूर्ण हुनसक्छ,’ उनी भन्छिन्, ‘अहिलेको अवस्थामा अस्पताल जानु भनेको झन् जोखिम निम्त्याउनु हो।’

सालनालबाट कोरोना भाइरसको संक्रमणको विषयमा विज्ञानले जे भने तापनि यो मोल्न लायक जोखिम भने पटक्कै नभएको उनको तर्क छ। ‘हामी दाबीका साथ के भन्न सक्छौं भने शिशु जन्मिसकेपछि आमा र शिशु दुबै उनीहरूको सम्पर्कमा आउने भाइरस बोकेका सम्भाव्य मानिसको जोखिममा रहन्छन्,’ उनी थप्छिन्।

कोरोना भाइरसबारे अझै थुप्रै अनिश्चितता कायमै छन्

त्यसो त निश्चयका साथ अहिले नै केही भन्न नसकिए तापनि प्रारम्भिक अध्ययनहरूले गर्भावस्थामा कोरोना भाइरस संक्रमणको सम्भावनालाई नकारेका छन्।

जामा पेडियाट्रिक्सले हालै प्रकाशित गरेको एक अध्ययन अनुसार ३३ जना भाइरस संक्रमितबाट जन्मेका शिशुहरूमध्ये तीन शिशुलाई जन्मेको पहिलो हप्ताभित्र संक्रमण ‘पोजिटिभ’ देखिएको थियो।

तर, विज्ञहरूले सो शिशुहरू आमाको कोखमा हुँदा नभई जन्मिसकेपछि मात्र संक्रमित भएको दाबी गरेका छन्।

‘यसले जन्मने क्रममा आमाको सालनालबाट शिशु संक्रमित भएको घटनालाई पुष्टि गर्छ,’ युनिभर्सिटी अफ ब्रिस्टलका प्रोफेसर इमेरिटस डाक्टर एन्ड्रिउ ह्विटले भन्छन्।

बाल्टिमोरकी भूतपूर्व हेल्थ कमिसनर डाक्टर लिना विन गर्भावस्थाको संवेदनशील घडीमा कतै आफैले आफ्नो जन्मने शिशुलाई कोरोना भाइरस संक्रमित गराउने त हैन भनेर चिन्तित छिन्।

‘अहिले म ३९ हप्ताको गर्भावस्तामा छु। मास्क लगाएर बच्चा जन्माउनुपर्ने बाध्यतालाई ध्यान दिँदा कतै म आफैंले आफ्नो शिशुलाई कोरोना भाइरस संक्रमण गराउने त हैन भन्ने चिन्ताले मलाई गाँजिरहेको छ,’ उनले आफ्नो पीडा खोलिन्।

उनको अझ ठूलो डर त यदि बच्चा संक्रमित भइहालेमा कमजोर अवस्था र न्यून प्रतिरोधी क्षमता भएको कारण कतै बच्चा सिकिस्त रुपमा थलिने त हैन भन्ने हो।

अवस्था सामान्य नहुँदासम्म पर्खनुहोस्

त्यसो त अहिले नै जन्मदरको तथ्यपरक आँकलन गर्न चिक्कै छिटो हुन्छ। हामीलाई अहिले नै यस विश्वमहामारी कहिलेसम्म कायम रहन्छ, वयष्क अवस्थाका जनसंख्यामा यसको असर कस्तो रहन्छ र यसको कारण सिर्जित विश्वव्यापी आर्थिक बन्दीको प्रभाव कति बृहत् र गहिरो हुन्छ भनेर अझै अनुमान लगाउन सकिने अवस्था छैन।

वियोगको समयपछि शिशुको जन्मदरमा बृद्धि आएको इतिहास साक्षी छ। जस्तो कि सन् १९४६ देखि १९६४ सम्मको दोस्रो विश्व युद्धपछि अमेरिकामा जन्मदरमा व्यापक बढोत्तरी आएको थियो।

स्टोनले कोरोना भाइरसको कारण अल्पकालसम्मका लागि शिशु जन्मदरमा कमी आए तापनि आउँदो एकदेखि पाँच वर्षसम्म जन्मदरमा सिधा बृद्धि आउने दाबी गरे।

‘अवस्था सामान्य भएको केही महिनापछि हामी धेरै दम्पत्तिहरूले गर्भधारण गरेको देख्न सक्नेछौं,’ वेलिन्सटाइन अनुमान लगाउँछन्।

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय