सेवामा नआउने लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस सक्रमण महामारीको संकटमा पनि अस्पताल नआउने चिकित्कहरुलाई कारबाही प्रक्रिया सुरु गरेको छ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालबाट त्यस्ता चिकित्सकलाई कारबाहीको प्रक्रिया सुरु गरेको हो।

बिनासूचना अस्पतालमा उपस्थित नभएका पाँचजना चिकित्सकहरुलाई कारबाही

स्वरूप सेवाबाट हटाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेँन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालले पुष्टि गरे।

रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद  शर्मा,  इएनटी विभागका डा. प्रकाश न्यौपाने, न्युरोसर्जन डा. सुवासचन्द्र चौधरी तथा आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको प्रमुख मेसु डा. खनालले जानकारी दिए।

उनीहररू अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए। हटाइएका चिकित्सक करारमा नियुक्त भएका थिए। यसअघि सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेला पनि सेवामा नखटिने चिकित्सकलाई कारबाही गर्न निर्देशन दिएका थिए।

मन्त्री बरालले सुत्केरी बिदा, काजकिरिया बिदा र बिरामी बिदाबाहेकका बिदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक र कर्मचारीलाई हटाउन निर्देशन दिएका छन्।

बरालले प्रादेशिक अस्पतालबाट कारबाही प्रक्रिया सुरु भएको जानकारी दिँदै  कोरोना भाइरस संकटका बेला सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीबारे अनुगमन गरी कारबाही गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय