भक्तपुरमा मिथाइल अल्कोहलयुक्त सेनिटाइजर उत्पादक पक्राउ

मानव स्वास्थ्यलाई नै जोखिममा पुर्‍याउने गरी भक्तपुरमा सेनिटाइजर उत्पादन गरेको आशंकामा व्यवसायी पक्राउ परेकी छिन्। चाँगुनारायण-३ की रिना ओझालाई मंगलबार प्रहरीले कमलविनायकबाट पक्राउ गरेको हो।

औषधी व्यवस्था विभाग र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले कायकल्प आयुर्वेदिक उद्योगकी सञ्चालिका ओझालाई पक्राउ गरेको हो।

कमलविनायकमा सञ्चालनमा रहेको उनको पसलबाट प्रहरीले एक सय एमएलको १२६ थान र ६० एमएलको २३ थान सेनिटाइजर बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार उक्त उद्योगबाट उत्पादित सेनिटाइजरमा मिथाइल अल्कोहलको मात्रा राखिएको देखिएको छ। सेनिटाइजरमा इथाइन अल्कोहलको मात्रा राखिनुपर्छ।

मिथाइल अल्कोहल कडा गन्धको रंगहीन तरल हो। यो एक विषाक्त पदार्थ हो, जुन आँखा, छाला, फोक्सोमा परे गम्भीर असर गरेर मान्छेको मृत्यु हुन सक्छ।

मिथाइल धेरै उद्योगहरूमा प्रयोग गरिन्छ। यो रसायन निर्माणमा प्रयोग गरिन्छ।

पक्राउ परेकी ओझाले प्रिन्ट मिस्टेक भएको प्रहरीलाई बयान दिएकी छिन्। तर, यसको अनुसन्धान हुन बाँकी रहेको प्रहरी उपरीक्षक प्रधानले बताए। ‘ल्याब टेस्टका गर्न पठाइएको छ,’ प्रधानले भने।

उनका अनुसार यो उद्योग आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको देखिन्छ। उद्योग जडिबुटीमा छ।

प्रहरी र औषधी व्यवस्था विभागको टोली जडिबुटीस्थित उद्योगमा पनि पुगेको थियो। ‘हामी गयौं तर त्यहाँ सेनिटाइजरहरू थिएन, त्यहाँ प्याकिङ मात्र गरिने गरिएको थाहा भएको छ,’ प्रधानले भने।

ओझालाई अनुसन्धान नसकिउन्जेलसम्म हाजिरी जमानीमा छोडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय